• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एक करोड भारतीयलाई नागरिकता दिने बाटो खोल्न ‘नागरिकता विधेयक’ : भट्ट (फोटोहरु)


  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • बुटवल। राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नभएको बताउनुभएको छ।

    Advertisement

    राजमो रुपन्देहीको शुक्रबारदेखि बुटवलमा शुरु भएको छैठौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले अहिलेको नागरिकता विधेयक राष्ट्रघाती भएको दोहोर्याउनुभयो ।

    भारतलाई खुसी पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई दबाब दिएर नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै महासचिव भट्टले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरेसँगै राष्ट्रपति जस्तो सम्मानित संस्था विवादमा मुछिएको बताउनुभयो ।

    ‘सरकारले गैर नेपालीलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको हो’ उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक ल्याउनुको प्रचण्डको प्रमुख उद्वेश्य भारतलाई खुशी पार्नु हो ।’

    उहाँले यो विधेयक आएसँगै राष्ट्रियतामाथि खतरा बढेको तथा सार्वभौम सत्ता र अखण्डतामाथि भारतीय एकाधिकार बढेको तर्क गर्नुभयो।

    अहिलेको नागरिकता विधेयकले नेपालमा रहेका एक करोड भारतीयलाई नागकिरता दिन बाटो खुलेको बताउँदै अब नेपाली अल्पमतमा पर्ने सम्भावना बढेको बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नेपालको हितमा नभएको स्पष्ट पार्नुभयो । भारत र अमेरिकाले चीनविरुद्व लड्न सरकारलाई प्रयोग गर्न सक्ने उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो–‘प्रधानमन्त्री भारत गएर भारतले सीमा मिचेको विषयमा बोल्न डराउने अनी नेपाल फर्केर भ्रमण देशको लागि ऐतिहासिक भयो भन्नु नेपाली र नेपालीमाथि गरिएको बेइमानी हो ।’

    नेपालको भूमिलाई भारतले अखण्ड भारतको नक्सामा समावेश गर्नु सांस्कृतिक नक्सा नभएको र राजनीतिक नक्सा भएको बताउँदै नेता भट्टले भन्नुभयो–‘ त्यहीँबाट पनि प्रष्ट हुन्छ भारतले नेपालको हित चाहेको छैन ।’

    कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद वली, नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसी, नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य ऋषिराम पाण्डेय, क्रान्तिकारी कम्युनिष्ट पार्टीका विनोद मरासिनी, एकीकृत समाजवादीका श्रीराम यादवले सम्मेलन सफताको शुभकामना दिनुभएको थियो ।

    राजमो रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र सचिव टानबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा राजमोकी नेतृ इन्द्रिरा ज्ञवाली, जसपा रुपन्देही अध्यक्ष महेन्द्र यादव, लगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

    जिल्ला सम्मेलनको अवसरमा राष्ट्रिय जनमोर्चाले ७५ वर्ष उमेर नाघेका कम्युनिष्ट नेता पुरुषोत्तम कंडेल र दिलप्रसाद नेपालीलाई सम्मान गरेको छ ।
    दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.