स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
Advertisement
पर्वतबाट स्याङ्जा जाँदै गरेको बा १ झ. ५८७८ नम्बरको स्करपियो गाडी बुधबार बेलुकी अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते भएका गाडी चालक वालिङ नगरपालिका–४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ । गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएका छन् ।
सो गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो ।