काठमाडौं । कालिकोटमा रोकिराखेको जिप आफैं ब्याक भएर सडकबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्य भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी जीपमा रहेका रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँकी ३० वर्षीया रीता शाही गम्भीर घाइते भएकी छन्।
Advertisement
सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै गर्दा रास्कोट नगरपालिका–२, सेरा बजारमा रोकिराखेको ग ३ च ४६१० नम्बरको डबल क्याब जिप आज बिहान पौने ८ बजेतिर एक्कासि ब्याक हुन गई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
जिप न्युट्रलमा राखेर चालक बाहिर रहेको अवस्थामा दुर्घटना भएको हो।