• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सहारा (कथा)


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’ ##

    Advertisement

    विद्याको मन्दिर विद्यालय, जहाँ हजारौँ फूल फक्रिरहेका थिए, अनि फुलिरहेका थिए, रितेस फुल्दै, फक्रिँदै र ओइलाएर झर्दै गरेका फूल नियालिरहेको थियो ।

    फूलहरूको रस चुस्दै भुर्र उड्दै गरेको पुतली छोप्न यताउता दगुर्थ्यो । साँच्चै प्रकृतिको अनमोल उपहार फूलहरूले बालकदेखि वृद्धासम्म सबैको मन मोहित पारेको हुन्छ । फूलहरूको आआफ्नै रङ छ† फरक सुगन्ध छ । तिनै फरक रङ र सुगन्धको नसामा भमरा लट्ठिएको हुन्छ ।

    प्रदेशकै नमुना स्कुल, ठुलो बगैचा रङ्गिबिरङ्गी फूलहरूको सौन्दर्यतामा हराउँदा रितेसले आफूलाई बिर्सेको रहेछ ।

    “ए रितेस ! तिमी यहाँ ट्वाल्ल परी के हेरेर बसेको ? कक्षामा जानुपर्दैन ?” पछाडिबाट रिताले आवाज दिँदा रितेस झस्कियो ।

    “पुतली समात्न खोजेको, सकिनँ । ल हिँड जाऊँ” भन्दै रिता र रितेस कक्षाकोठामा गए ।

    सबै विद्यार्थीलाई माया गर्ने गुरुआमा रमिलाले सामाजिक विषय पढाउँदै हुनुहुँदो रहेछ । गुरुआमाले रितेसलाइ भन्नुभयो– “कक्षा छोडेर बाहिर कहाँ गएको रितेस ?”

    “पानी पिउन गएको गुरुआमा” रितेसले जवाफ फर्कायो ।

    “पानी पिउन यतिका समय लाग्छ ? मैले कति धेरै पाठ पढाइसकेँ । म आउनुअघि तिमि कक्षामा थिएनौ ?”

    रितेस अक्मकिँदै भन्यो– “गुरुआमा पानी पिएपछि पेट दुखेर शौचालय पनि गएको थिएँ ।”

    अनुहार रातो बनाउँदै अर्को झुट थप्यो रितेसले । गुरुआमाले रितेसको मनोविज्ञान बुझेर होला, भन्नुभयो– “अनुशासित बन्नुपर्छ है रितेस अनि ठुलो र असल मान्छे बन्न सकिन्छ । कक्षा छोडेर बाहिर जानुहँुदैन ।”

    सामाजिक शिक्षा पाठ पढाउनुभयो गुरुआमाले । अर्को घन्टी बजेपछि “भोलिको यो पाठ पढ्नू, म भोलि प्रश्न सोध्ने छु” भन्दै कक्षाबाहिर निस्कनुभयो ।

    कक्षाकोठाबाट रमिला म्याडम गएपछि सबै विद्यार्थीहरू आआफ्नै धुनमा थिए । कसैले भर्खरै पढाएको पाठ पढेर छलफल गरिरहेका थिए त कोही होहल्ला मच्याइरहेका थिए । रिता कक्षाकी मनिटर थिइन् । उनले “हल्ला गर्नुहँुदैन, पहिलो बेन्चका साथीहरूले जस्तै पढाइको बारेमा छलफल गर्ने, प्रश्नोत्तर गर्ने गर्नुपर्छ” भन्दै पछाडिको बेन्चमा बसेर होहल्ला गर्ने साथीहरूलाई सम्झाउँदै थिइन् ।

    यत्तिकैमा प्रधानाध्यापक ऋषि सर कक्षाकोठामा आइपुग्नुभयो ।

    वचत तथा अनुशासनको बारेमा विद्यार्थीलाई परामर्श दिनुभयो– “अनुशासन विद्यार्थीको गहना हो । अनुशासन भनेको आफ्नो पवित्र आत्माले आफैलाई शासन गर्नु हो । कक्षाकोठा र विद्यालयका आचारसंहिता मान्नु, राज्यले बनाएका नियमकानुनलाई पालना गर्नु अनुशासन हो । अनुशासित विद्यार्थी मात्र देशको लागि, समाजको लागि, घरपरिवारको लागि र आफ्नो लागि ठुलो असल र सफल व्यक्ति बन्न सक्दछ । त्यसैले हामीले अरूलाई ढाँटन सकिन्छ तर आफ्नो आत्मालाई ढाँट्न सकिँदैन । गुरुले, आमाबुबाले र आफ्नाले कहिल्यै गलत बाटो देखाउँदैनन् । सधैँ असल मान्छे अनुशासित मान्छे बन्ने प्रेरणा प्रदान गर्दछन् तर हामी आफ्नो आत्मालाई ढाटिरहेका हुन्छौँ । गुरु र आमाबुबाले भनेका कुराहरूलाई बेवास्ता गरिरहेका हुन्छौँ । त्यसैले हामी गलत बाटोतर्फ अगाडि बढेर अनुशासनहीन क्रियाकलाप गरिरहेका हुन्छौँ, जसले हाम्रो जीवनलाई अन्धकारतर्फ धकेलिरहेको हुन्छ ।”

    “त्यसैगरी हामीले फजुलखर्च कटौति गरी बचत गर्ने बानीको पनि विकास गर्नुपर्दछ । आज गरेको बचतले भविष्यमा ठुलो खाँचो टर्ने” लगायत विभिन्न ज्ञानमूलक र चेतनामूलक अर्ति उपदेश दिँदै ऋषि सरले भनिरहनुभएको थियो ।

    कक्षाकोठामा सुनसान थियो । मन्त्रमुग्ध भएर सबैले हेड सरका कुरा सुनिरहेका थिए । हेडसरले बिस मिनेटजति आफ्ना कुरा विद्यार्थीलाई सुनाउनुभयो र कक्षाकोठाबाट बाहिरिनुभयो । यो घन्टीमा पढाउने रमेश सर बिदामा भएकाले समयको सदुपयोग गर्न हेडसर आउनुभएको थियो ।

    हेडसरका कुराले रितेसलाइ झस्कायो । “मैले गुरुआमालाई ढाँटे । फूलबारीमा फूलसँग रमाएर पुतली छोप्ने प्रयासमा लामो समय कक्षाकोठा बाहिर बसेर गुरुआमालाई पानी पिउन र पेट दुखेर शौचालय गएको झुटमाथि झुट थप्दै गएँ । एक झुट लुकाउन अरू नयाँ बहाना बनाएँ । मैले त गुरुआमालाई मात्र ढाटिनँ । ओहो ¤ मैले त आफ्नो आत्मालाई समेत ढाँटेछु” भनेर रितेसलाइ ठुलो आत्मग्लानि महसुस भयो ।

    अबउप्रान्त आफूले आफूलाई र अरू कसैलाई कदापि नढाट्ने प्रण गर्दै कक्षाबाट बाहिर निस्क्यो र रमिला म्याडमलाई यताउता खोज्न थाल्यो । सायद अर्को कक्षामा पढाउन जादै हुनुहुन्थ्यो होला, बाटोमा भेटिनुभयो । रितेसले म्याडमको अघि उभिएर दुई हातले कान समात्यो र आफूले ढाँटेको सबै कुरा बेलिबिस्तार सुनायो ।

    गुरुआमा भावुक भएर भन्नुभयो– “यसरी गरेको गल्ती महसुस गर्ने क्षमा माग्ने व्यक्तिले कहिल्यै गल्ती दोहोर्‍याउँदैनन् र अनुशासित बनेर भविष्यमा ठुलो असल र सफल व्यक्ति बन्दछन् ।”

    रितेसलाई क्षमा गरिदिनुभयो । रितेस खुसीले गदगद हुँदै कक्षाकोठातर्फ गयो ।

    रितेस र रिता छिमेकी साथी थिए । सँगै खेल्दै खेल्दै घर गए । सधैँको चकचके चुलबुले र बोली बोलीमा नयाँ बहाना बनाएर बुबाआमालाई ढाँट्ने रितेसको फरक स्वभाव देखेर बुबाआमा दङ्ग परेका थिए, यस्तो परिवर्तन कसरी आयो भनेर ।

    एक दिन बुबाले जिस्काउँदै भन्नुभयो– “ए रितेस ! आजकल त निकै जाति भएको छस् त ? के ओखती खाइस् र ? बल्ल मेरो छोरो ज्ञानी भयो । ठुलो भएर पक्कै केही बन्ने छ ।”

    रितेसले मुस्कुराउँदै भन्यो– बुबा म ठुलो भएर डाक्टर बन्ने हो ।”

    “बनिस डाक्टर किसानको छोरो डाक्टर बन्नी अरे ¤ केको खर्चले पढाउनी हो ? बरै मेरो सानो जागिरले जसोतसो घर खर्च धानिएको छ ।”

    “थोपा थोपा सँगालेर घैँटो भरिन्छ नि” बुबा भन्दै रितेस खेल्न गयो ।

    “आज मन सारै आत्तिएको छ । तेरा बा अझैसम्म घर आएनन् । जा त रितेस रिताका बा पनि सँगै सहर गएका थिए । उनी आए कि आएनन ? केही खबर आयो कि ?” रितेसकी आमाले सुस्केरा हाल्दै भनिन् ।

    एक छिनमा गाउँले जम्मा भए । नराम्रो खबर आयो । सहर गएका रिता र रितेसका बुबाको बस दुर्घटनामा मृत्यु भएछ । गाउँघरमा रुवावासी भयो । सबैभन्दा बढी पीडा रिता र रितेसका परिवारलाई भयो । कमाउने मान्छे नै नरहेपछि परिवार बिचल्लीमा परे ।

    दुईचार महिनापछि रीतालाई लिएर उनकी आमा माइत गइन् । गार्‍होसारो पर्दा छोरीको सहारा भन्नु नै माइतीघर हुने गर्दछ ।

    चर्खा घुमे जस्तै समय बितेर गयो । अहिले रिता चार बच्चाकी आमा बनेकी थिइन् । अभावका कारण पढ्न सकिनन् र अज्ञानताका कारण वर्षैपिच्छे सन्तान जन्माउने मेसिनको रूपमा आफूलाई खडा गरिन् ।

    कमजोरीका कारण असाध्यै बिरामी परिरहने रिता यसपटक सहरबाट नयाँ डाक्टर गाउँमा आएको सुनेर जचाउन गइन् । नि:शुल्क स्वास्थ्य शिविर रहेछ । खुसी हुँदै डाक्टर भएको क्याबिनमा पसिन । उनी छक्क परिन् । डाक्टर अरू कोही नभएर बाल्यकालको साथी रितेस रहेछ ।

    रितेसलाई देख्नासाथ चिनिन् तर रितेसले रितालाई चिन्न सकेन । लामो समयको अन्तरालमा भेट भएको थियो । उनी दु:खले गर्दा उमेरभन्दा बढी बुढी देखिन्थिन ।

    रिताले आफूलाई चिनाउँदै सोधिन्– “रितेस हाम्रो परिवारको बिचल्ली भएपछि म मामाघर गएँ । तिमी कसरी डाक्टर बन्यौ ? आखिर बिचल्लीमा त हाम्रो दुवै परिवार परेको थियो नि ?”

    “बस न रिता कुर्सीमा, म सबै कुरा विस्तारमा भन्ने छु । यतिका वर्षपछि बाल्यकालको साथी भेटेर साह्रै मन खुसी भएको छ” भन्दै कुर्सी अगाडी सारिदियो रितेसले ।

    “बुबाले आफू प्रस्तावक बसेर वचत र सुरक्षाका लागि मेरो जीवनबिमा गरिदिनुभएको रहेछ । बुबाको दुर्घटनामा मृत्यु भएपछि मलाई बिमा गरेबापत् आउने सेवासुविधाले मेरो भरणपोषण र उच्च शिक्षासम्म अध्ययन गराउनको लागि मेरो आमालाई कुनै आर्थिक अभाव झेल्नुपरेन, जसले गर्दा आज म डाक्टर बनेर आफ्नै गाउँसमाजको सेवा गर्ने अवसर पाएँ” रितेसका कुरा सुनेर रिताका आँखा रसाए ।

    मनमनै सोचिन्, रितेसका बुबाले जस्तै मेरो बुबाले पनि आफू प्रस्तावक बसी मेरो जीवनबिमा गराइदिनु भएको भए म पनि रितेस जस्तै धेरै पढेर आत्मनिर्भर बन्ने थिएँ होला ? तर के गर्नु ? दुखैदु:खको सागरमा डुब्न लेखेको रहेछ, आर्थिक अभावले गर्दा पढन् पनि पाइनँ । सानैमा बिहे गरिदिए । विरोध गर्ने चेतना पलाएन । जब बुझ्ने भएँ, पश्चातापको आगोमा जल्दै छु” भन्दै सारीको सप्कोले आँसु पुछिन् ।

    रितेसले उनको स्वास्थ परीक्षण गरी औषधि दियो । रिताले धन्यवाद फर्काइन र फेरि भेट्ने बाचासहित बाहिर निस्किइन् ।

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.