नवीन बस्याल ##
Advertisement
छ्यापछ्याप्ती छन् भ्रष्टाचारी सरकारमा ।
जनता भने बाँच्दै छन् सरकारको प्यारमा ।१।
टाठाबाठाले जे गर्दा पनि आममाफी ।
गरिब जान्छ सानो गल्तीले कारागारमा ।२।
यो दुनिया विज्ञानले कहाँ पुगिसक्यो ।
हामी भने माछी मार्दै छौँ किनारमा ।३।
सधैँ चासो गर्छन् कस्लाई ठग्न सकिन्छ ?
वर्षौंदेखि यस्तै चलिरहेछ बजारमा ।४।