काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले भारतसँग गतिलो सम्झौता नहुने बुझेपछि आफू प्रधानमनत्रीको भ्रमणमा सामेल नभएको बताएका छन् ।
Advertisement
काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका हुन् ।
‘दुई देशबीच गतिलो सम्झौता हुँदैन भने विदेश पनि नजाने। त्यसैले यसपालि इण्डिया पनि नगएको’, उनले भने, ‘खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्थ्यो, तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जानेरु ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ देखि २१ सम्म भारत भ्रमणमा जाँदा मन्त्री किरातीमातहतका कुनै सम्झौता भएका छैनन् ।