प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शनसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
राजमोले आज प्रमुख अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । राजमो जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नागरिकता ऐन खारेजीको माग गरिएको छ भने भारतले उसको संसद भवनमा नेपाली भूभाग समेटेर नक्सा राखेकोमा विरोध गरिएको छ ।
ज्ञापन पत्र बुझाएपछि राजमोले खलंगा बजारमा कोणसभा गरि विरोध प्रदर्शनसमेत गरेको छ। कोणसभामा अध्यक्ष न्यौपाने र नेकपा (मसाल) का जिल्ला प्रवक्ता राम पहाडीले सम्बोधन गर्नुभएको थियो ।

राजमो जिल्ला सचिव केशवराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा राजमोका केन्द्रीय सदस्य कृष्ण खड्का, अखिल नेपाल जनजाति सम्मेलनका नेता अमरध्वज राना, महिला नेतृ पद्मा पण्डित लगाएतको आतिथ्यता रहेको थियो ।
