काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको संसदमा नेपाली भूमि समेटेर नक्सा राखिएको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ।
Advertisement
जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधान विपरित भएको नेमकिपाको ठहर छ ।
विरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद भवनसम्म भएको थियो ।
त्यस क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।