चितवन । राष्ट्रिय जनमोर्चा रत्ननगर नगर समितिको अध्यक्षमा देविराम शर्मा चयन हुनुभएको छ । आइतबार भएको नगर सम्मेलनले शर्माको अध्यक्षतामा १५ सदस्यीय समिति र ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा नरहरि पुरी, सचिव टिकाराम सुवेदी र कोषाध्यक्षमा चन्द्रकला क्षेत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा छविलाल शर्मा, सीता क्षेत्री, ठगराज आचार्य, घनश्याम पौडेल, युवराज पौडेल, पुष्पमणि शर्मा, मणिरत्न नेपाली, जङ्गबहादुर थापा, ज्योति आचार्य, जमुना चोख्याल र अर्जुन पाठक हुनुहुन्छ । यस्तै, सल्लाहकार समितिको संयोजक नारायण आचार्य, सदस्यहरु छविलाल पाठक, रामप्रसाद पौडेल, चुणामणि पौडेल र तिलक पौडेल चयन हुनुभएको छ ।
नगर अध्यक्ष नारायण आचार्यको अध्यक्षत, सचिव नरहरि पुरीको संचालन र उपाध्यक्ष छविलाल पाठकले स्वागतबाट अघि बढेको सम्मेलनमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष डम्मर पुरीले उद्घाटन गर्नुभएको थियो ।
यस्तै, नेकपा (मसाल) जिल्ला प्रवक्ता मेघराज ढकाल, राजमो नेता देवि शर्मा , अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का डम्बर केसी, अखिल नेपाल युवक संघका छविलाल शर्मा, अखिल नेपाल किसान महासंघसंघका देविराम शर्मालगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।