सुर्खेत । राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ ।
Advertisement
बिहीबार वीरेन्द्रनगरमा आयोजित कोणसभामा राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर शाही र राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले सम्बोधन गर्नु भएको ।
कार्यक्रमको सञ्चालन विष्णुप्रसाद शर्माले गर्नु भएको थियो ।
राजमोले नागरिकता विधेयक तथा भारतीय संसदमा नेपाली भूभाग समेटेर नयाँ नक्सा राखेको विरोधमा देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतको समर्थन प्राप्त गर्न र आफ्नो आयु लम्ब्याउन राष्ट्रपतिमार्फत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएको छ ।
भारतलाई खुसी पार्न नागरिकता विधेयकमा सौदावाजी गरियो : राजमो