• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्रीको स्वागत अपमानजनक : मसाल


  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश राज्यमन्त्रीद्वारा स्वागत गरिनुलाई अपमानजनक रवैया बताएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० जेठ १८ गते बिहिबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा व्यक्त गरेको हो ।

    प्रचण्ड सरकारले संविधान र संसदीय प्रक्रियाको समेत अतिक्रमण गरेर नागरिकता विधेयक प्रमाणित गर्नु भनेको भारतलाई खुसी बनाउने प्रयत्न हो भन्दै वक्तव्यमा उक्त विधेयकबाट राष्ट्रियतामाथि गम्भीर घात भएकाले त्यसको विरुद्ध आवाज उठाउन जनतासित अपिल गरिएको छ ।

    कोशी प्रदेश नामकरणको सन्दर्भमा जातिवादको विजारोपण भएको पार्टीको ठहर छ । अब सुदूरपश्चिम प्रदेशको पनि पुन: जातिवादी प्रकारले नामकरणको माग उठेको भन्दै प्रेसवक्तव्यमा देश पुन: जातिवादी युद्धमा धकेलिने खतरातर्फ गएकाले त्यसतर्फ सचेत हुन आग्रह गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतले विदेश राज्यमन्त्रीद्वारा स्वागत गराएर अपमानजनक व्यवहार गरेको छ । त्यसका साथै असहज संवाद भएका समाचार पनि सार्वजनिक भएका छन् । नेपाल र भारतबिच रहेका समस्याबारे भारतले उपेक्षा गरेकाले ती विषयबारे कुनै छलफल हुने सम्भावना देखिन्न । भारतको त्यस प्रकारको व्यवहारबाट प्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धिहीन भई खाली हात फर्किनुपर्ने सम्भावना बढेर गएको छ ।

    राष्ट्रपतिबाट विवादित राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण भएको छ । त्यो विधेयक प्रमाणीकरण गर्दा संवैधानिक र संसदीय प्रकृयाको पनि अतिक्रमण गरिएको कुरा संविधानविदहरूले बताएका छन् । राष्ट्रपतिद्वारा त्यस प्रकारको विधेयकलाई प्रमाणीकरण गर्न लगाएर सरकारले राष्ट्रपतिको पनि नराम्ररी बद्नाम गराएको छ । त्यो विधेयकबाट देशको राष्ट्रियता र स्वाधीनतामा गम्भीर आँच पुग्ने कुरा निश्चित छ ।

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै बेलामा उक्त राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नुको मुख्य उद्देश्य भारतलाई खुसी तुल्याउनु नै हो । भारतले आफ्ना साम्राज्यवादी हित पूरा गराउनका लागि नेपालको नागरिकतासम्बन्धी कानुनलाई आफूअनुकूल बनाउन प्रयत्न गर्दैै आएको छ । अहिले राष्ट्रपतिबाट प्रमाणीकरण भएको विवादित र राष्ट्रघाती उक्त नागरिकता विधेयकबाट देशको राष्ट्रियतामाथि गम्भीर घात भएको छ । हामीले उक्त राष्ट्रघाती विधेयक खारेजीको लागि जनतालाई सङ््घषमा उत्रिन आह्वान गर्दछौँ ।

    पुन:नामकरणलाई लिएर कोशी प्रदेशमा भएको तनावलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ । पश्चिमा साम्राज्यवादीले नेपालमा जातिवादी राज्यका पक्षधरलाई उक्साउँदै आएका छन् । नेपालमा जातीय अहम्तालाई उक्साएर प्रदेशका नामकरण गर्ने प्रयत्न पहिलेदेखि नै हुँदै आएको भए पनि नेपाली जनताले त्यसका विरुद्धमा आफ्नो अभिमत प्रकट गर्दै सामाजिक सद्भावलाई कायम राख्न सफल भएका थिए । त्यस सिलसिलामा कोशी प्रदेशको नामकरण पनि उपयुक्त र सही थियो भन्ने हाम्रो दृढ मत रहेको छ । अब सुदूरपश्चिममा पनि नागरिक उन्मुक्ति पार्टीले जातीय आधारमा नै त्यो प्रदेशको नामकरण गर्ने अगाडि ल्याएको छ । यसरी अहिले कोशी प्रदेशको पुन:नामकरणलाई लिएर जुन तनाव भएको छ, त्यसबाट जातिवादको गम्भीर विजारोपण हुने र भविष्यमा देश गम्भीर जातिवादी युद्धमा धकलिने खतरा बढेर गएकाले जातिवादका विरुद्ध सजग रहनका लागि हामीले सम्पूर्ण देशभक्त जनताको ध्यान आकर्षित गर्दछौँ ।”

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.