• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बी.आर.राई र रघुनाथ राय

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१६ "

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    पहिले नेपाल कम्युनिस्ट पार्टीले भैरहवा (अहिलेको रुपन्देही), पाल्पा, गुल्मी, दाङ, प्युठान आदि जिल्लालाई मिलाएर पश्चिम गण्डक प्रान्त नामकरण गरेको थियो । त्यही पश्चिम गण्डक प्रान्तअन्तर्गत बी.आर. राईले पाल्पा जिल्लामा र रघुनाथ रायले भैरहवा जिल्लामा पार्टीको पेसेवर कार्यकर्ताका हैसियतले काम गर्नुहुन्थ्यो । अहिले मैले ती दुबै जनासित जोडिएका केही संस्मरण लेख्ने प्रयत्न गर्दै छु ।

    –क–
    २००७ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा राणा विरोधी आन्दोलन सुरु भएपछि बी.आर. राई र एस.पी. राई दुई दाजुभाइ बर्माबाट आफ्नी आमालाई एक्लै छाडेर त्यो आन्दोलनमा भाग लिन नेपाल आउनुभएको थियो । नेपाल आएपछि एस.पी. राई पूर्वी नेपालतिर लाग्नुभयो भने बी.आर. राई पश्चिम नेपालतिर लाग्नुभयो ।

    उहाँहरू दुवै दाजुभाइले २००७ सालको आन्दोलनमा कहाँ र कसरी भाग लिनुभयो ? त्यो कुराको कुनै विवरण मलाई थाहा छैन । त्यो कुरा जे भए पनि पछि बी.आर. राई पाल्पाको कम्युनिस्ट पार्टीको सम्पर्कमा आउनुभयो र त्यहीँ पार्टीको काम गर्न थाल्नुभयो ।

    उहाँहरू दुई दाजुभाइको पछि कहिल्यै भेट भयो कि भएन ? उहाँहरूको बर्मामा आफ्नी आमासित कहिल्यै सम्पर्क भयो कि भएन ? त्यो कुराको पनि मलाई कुनै जानकारी छैन । यहाँ मैले बी.आर. राईबारे मलाई जे जति जानकारी छ, त्यो कुराको मात्र उल्लेख गर्ने छु ।

    जे होस्, उहाँहरू दुवै दाजुभाइ उच्च देशभक्ति र क्रान्तिकारी भावना तथा त्याग र बलिदानको भावनाद्वारा ओतप्रोत व्यक्ति हुनुहुन्थ्यो नत्र भने बर्माबाट आमालाई एक्लै छोडेर आन्दोलनमा भाग लिन नेपाल किन आउनुहुन्थ्यो ?

    बी.आर. राईबारे केही चर्चा गर्नुभन्दा पहिले मैले बालककालमा नै पढेको एउटा कथाको उल्लेख गर्न चाहन्छु । त्यो एउटा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त लेखकको कथा हो । अहिले मलाई उनको नाम याद भएन । सायद उनी अरब देशका कुनै साहित्यकार थिए ।
    त्यो कथामा उनले एउटा चित्रकारको उल्लेख गरेका छन् । ती चित्रकारले दुईओटा चित्रहरू बनाउने योजना बनाएका थिए : एउटा– अत्यन्त पवित्र र उच्च व्यक्तित्व भएको व्यक्तिको चित्र† अर्काे– एउटा निकृष्ट प्रकारको व्यक्तिको चित्र ।

    धेरै वर्ष घुमेपछि उनले एउटा बालकलाई फेला पारे । त्यो बालकमा उनले अत्यन्त पवित्र, उच्च र सुन्दर प्रकारका भाव देखेका थिए र ती चित्रकारले ती बालकको चित्र बनाए । अर्काे चित्र बनाउनको लागि उनी धेरै वर्षसम्म विभिन्न देश घुमिरहे तर उनले खोजे जस्तो मान्छे फेला पार्न सकेनन् । एक दिन उनले त्यस प्रकारको मान्छे फेला पारे । त्यो अत्यन्त कुरूप, पतित र निकृष्ट प्रकारको व्यक्ति थियो । उनले त्यसको चित्र बनाए । चित्र बनाइसकेपछि त्यो मान्छेले बतायो– ‘म त्यही बालक’ हुँ, जसको धेरै वर्षपहिले तपाईंले चित्र बनाउनुभएको थियो । त्यो सुनेपछि चित्रकार आश्चर्यचकित भए ।

    आखिर कुनै बेलाको त्यति धेरै पवित्र र उच्च छवि भएको बालक कसरी एउटा कुरूप, निकृष्ट र पतित प्रकारको व्यक्ति बन्न गएको थियो ? मलाई यो बताउँदा धेरै दु:ख लाग्दछ तर यो कटु सत्य हो कि त्यो कथा कामरेड बी.आर. राईबारे पनि लागु हुन्छ ।

    बी.आर. राई पाल्पा जिल्लाको पार्टीको सेक्रेटरी बन्नुभएको थियो । उहाँ पाल्पाको जनताका बिचमा अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । उहाँले विवाह गर्नुभएन । उहाँको कुनै परिवार थिएन । उहाँको सम्पूर्ण जीवन पार्टी, क्रान्ति र जनताका लागि समर्पित थियो । उहाँ पार्टीको अत्यन्त अनुशासित, सक्रिय र जिम्मेवार कार्यकर्ता हुनुहुन्थ्यो । पाल्पामा त्यो बेला जुन बलियो पार्टीको निर्माण भयो, त्यसमा उहाँको अत्यन्त ठुलो योगदान रहेको थियो ।

    २००१ सालमा पाल्पाको झडेवामा पार्टीको प्रान्तीय सम्मेलन भयो । त्यो सम्मेलनले डा. केशरजङ्ग रायमाझीलाई प्रान्तीय सेक्रेटरी चुनेको थियो भने कमलराज रेग्मी, पी.बी. मल्ल, बी.आर. राई र म त्यसका सचिवालयका सदस्य चुनिएका थियौँ । खगुलाल गुरुङ पनि प्रान्तीय कमिटीको एक जना सदस्य चुनिनुभएको थियो जस्तो लाग्दछ । प्रान्तीय कमिटीमा अरू को को सदस्य चुनिनुभएको थियो ? अहिले मलाई त्यो कुराको पूरा सम्झना छैन । सायद पाल्पा मदनपोखराको घन्टु पनि प्रान्तीय कमिटीमा चुनिनुभएको थियो । पछि राईजी पनि पार्टीको केन्द्रीय कमिटीको सदस्य वा वैकल्पिक सदस्यमा मनोनित गरिनुभएको थियो ।

    २०११ सालको प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनका बेलामा खगुलाल गुरुङ, नन्दलाल गुरुङ, रुमबहादुर पाण्डे, सिद्धिमान जिसी, म तथा नेपाली काङ्ग्रेसका हेमराज पण्डितसमेत गिरफ्तार भएका थियौँ । त्यसपछि प्युठानमा व्यापक दमन गरिएको थियो । त्यो बेला पार्टीकेन्द्रले तुलसिलाल अमात्यलाई र पश्चिम गण्डक प्रान्तीय किमिटीले बी.आर. राईलाई प्युठानको स्थिति बुझ्न पठाएको थियो ।

    दरभङ्गा प्लेनमको बेलामा मैले संविधानसभाको प्रस्ताव राख्दा केन्द्रीय कमिटिमा मेरो प्रस्तावलाई समर्थन गर्ने बी.आर. राई मात्र हुनुहुन्थ्यो । पछि उहाँ डा. केशरजङ्ग रायमाझीको पक्षमा जानुभयो । संविधानसभाको पक्षमा म एक जना मात्र भएँ, यद्यपि प्लेनमको अत्यधिक बहुमतले संविधानसभाको मेरो प्रस्तावलाई स्वीकार गरेको थियो ।

    दरभङ्गा प्लेनमपछि बी.आर. राई पूरै नै रायमाझीको राजनीतिक लाइनको पक्षमा जानुभयो । यो साँच्चिकै दु:खको कुुरा थियो कि पार्टी र क्रान्तिका लागि पूरै समर्पित बी.आर. राई जस्तो आदर्श कम्युनिस्ट रायमाझीको राजावादी लाइनको पक्षमा उभिन पुग्नुभएको थियो ।

    २०१८ सालमा म गिरफ्तार भएँ र नौ वर्षपछि जेलबाट छुटेँ । जेलबाट छुटेपछि मैले एक दिन काठमाडौँ जमलको सडकमा तीन/चार जना पुलिसले बी.आर. राईलाई पक्रेर लगिरहेको देखेँ । उहाँलाई किन पक्रिएको थियो ? त्यो कुरा मलाई थाहा भएन ।

    मैले सोचेँ, राई गिरफ्तार भएकोे समाचार थाहा भएपछि रायमाझीले उनलाई छुटाउन केही प्रयत्न गर्लान् ? त्यही सोचेर मैले फोनद्वारा रायमाझीलाई राईजी गिरफ्तार भएको समाचार दिएँ । मेरो फोन पाउनेबित्तिकै रायमाझीले ठुलो स्वरमा हास्दै भने : ‘उहाँलाई एक/दुई बोतल रक्सी पठाइदिनुपर्ला ।’ रायमाझीको त्यो कुराको मैले त्यो बेला कुनै अर्थ बुझिनँ ।

    पछि मैले रायमाझीका अन्य कार्यकर्तासित राईजीबारे केही सोधपुछ गरेँ । त्यसपछि मलाई थाहा भयो कि रक्सीको विषयमा राईजी धेरै पतित भइसक्नुभएको रहेछ । एकपटक ता एकजना साथीको घरमा रक्सी खाएको बेलामा ओछ्यानमा एक्लै सुतेकी त्यो साथीकी दुलहीलाई समात्न पनि जानुभएको रहेछ । त्यो बेला पुलिसले उहाँलाई पक्रेर लगेका रहेछन् ।

    राईजी जस्तो एउटा अनुशासित र आदर्श कम्युनिस्ट कार्यकर्ताको त्यस प्रकारको पतन हुनु धेरै नै दु:खको कुरा थियो । उहाँको जीवनमा भएको पतनले माथि उल्लेख गरिएको एउटा चित्रकारको कथालाई सम्झना गराउँछ । कुनै लेखकले लेखेको चित्रकारको कथा काल्पनिक कथा थियो तर राईजी को कथा वास्तविक थियो ।

    —ख—
    रघुनाथ रायको घर भारतको उत्तर प्रदेशको आजमगढमा थियो । उहाँ कसरी हाम्रो पार्टीको सम्पर्कमा आउनुभयो ? त्यसबारे मलाई केही थाहा छैन तर पछि उहाँ हाम्रो पार्टीको सक्रिय कार्यकर्ता र भैरहवामा किसानहरूको नेता पनि बन्नुभएको थियो । उहाँ अखिल नेपाल किसान सङ्घको भैरहवाको जिल्ला अध्यक्ष पनि बन्नुभएको थियो ।

    उहाँले नेपालका ऐनकानुन राम्ररी पढ्नुभएको थियो । त्यसैले किसानलाई कुनै समस्या पर्‍यो भने उहाँले अड्डाअदालतमा गएर उनीहरूको पक्षमा वकालत गर्न सक्नुहुन्थ्यो । त्यसैले उहाँ भैरहवाको किसानका बिचमा धेरे नै लोकप्रिय हुनुहुन्थ्यो ।

    पछि सरकारले उहाँलाई गिरफ्तार गर्‍यो र भैरहवाबाट पाल्पाको जेलमा सरुवा गरेर पठाइदियो । पाल्पाको जेलमा पनि बन्दीका हक र अधिकारका पक्षमा उहाँले धेरै नै सङ्घर्ष गर्नुभयो । त्यसैले जेलबन्दीका बिचमा पनि उहाँ धेरै लोकप्रिय बन्नुभएको थियो ।

    पाल्पाको जेलमा एकातिर बाह्रओटा घर थिए भने अर्कातिर चारओटा घर थिए । ती दुवै घरका बिचमा एउटा अग्लो पर्खाल थियो ।

    त्यहाँका बाह्रओटा घरमा पुरुषबन्दी र चारओटा घरमा महिला बन्दी बस्दथे । वारिपारिका घरका झ्यालमा बसेर महिला र पुरुषबन्दीका बिचमा दिनभरि कुराकानी हुने गर्दथ्यो । दुवैतिरका बन्दीका बिचमा दोहोरी गीत पनि चल्ने गर्दथ्यो । त्यस प्रकारको कुराकानीका सिलसिलामा रघुनाथ रायको एउटा महिला बन्दीसित घनिष्ठता कायम भयो र उहाँहरूका बिचमा प्रेम पनि भयो । उहाँहरू दुवै जना जेलबाट छुटेपछि आपसमा विवाह पनि भयो ।

    रघुनाथ रायको विषयमा हामीलाई यही थाहा भएको थियो : उहाँ आजमगढमा कम्युनिस्ट कार्यकर्ता हुनुहुन्थ्यो । उहाँलाई प्रशासनले वारेन्ट काटेपछि नेपाल आउनुभएको थियो र यहीँ बसेर पार्टी र किसान आन्दोलनमा काम गर्न थाल्नुभएको थियो । जहाँसम्म मलाई सम्झना छ, उहाँ पाल्पाको झडेवामा भएको हाम्रो पार्टीको प्रान्तीय सम्मेलनबाट प्रान्तीय कमिटीमा पनि चुनिनुभएको थियो जस्तो लाग्छ ।

    एकपल्ट कमलराज रेग्मी भारतीय कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन अमृतसर जानुभएको थियो । त्यो महाधिवेशनमा उहाँको भेट आजमगढका पार्टीका प्रतिनिधिसित भयो । रेग्मीजीले आजमगढका पार्टीका प्रतिनिधिसित कुराकानी गर्दा रघुनाथ राय पहिले पार्टीको कार्यकर्ता भएको तर पछि उहाँ पुलिसको सिआइडी भएको कुरा थाहा भएको थियो । त्यसपछि उहाँलाई त्यहाँको पार्टीले निष्काशित गरेको थियो । त्यो कुरा थाहा भएपछि हामीले पनि रघुनाथ रायलाई पार्टीबाट निष्काशित गरिदियौँ ।

    हाम्रो पार्टीबाट निष्काशित भएपछि उहाँले मधेस कम्युनिस्ट पार्टी गठन गरेर नौतनवामा बसेर भैरहवाका हाम्रो पार्टीका मधेसी कार्यकर्तासित सम्पर्क गर्न थाल्नुभयो ।

    एकपल्ट जनकपुरमा भएको पार्टीको एउटा प्लेनममा भाग लिएर फर्कंदा नौतनहवामा मेरो उहाँसित भेट भयो । पहिले पार्टीमा सँगै काम गर्दा उहाँ सित मेरो मित्रता र घनिष्टता पनि थियो । त्यसैले उहाँले मलाई नलुकाइकन आफ्ना सबै कुरा बताउनुभयो ।

    कुराकानीको सिलसिलामा उहाँले मलाई बताउनुभएको थियो : ‘उहाँले मधेसलाई नेपालबाट अलग बनाएर बेग्लै मधेस राज्य बनाउने योजनाअन्तर्गत काम गरिरहनु भएको थियो । त्यसैको लागि उहाँले मधेस कम्युनिस्ट पार्टी बनाउनुभएको हो । उहाँको त्यो पार्टीलाई भारत सरकारले मदत गरिरहेको थियो ।’

    त्यस सिलसिलामा उहाँले यो पनि बताउनुभएको थियो कि त्यही प्रकारले भारत सरकारको योजनाअनुसार तराई काङ्ग्रेसको पनि गठन भएको थियो र त्यसलाई पूरा मदत भारत सरकारले नै गरिरहेको थियो ।

    उहाँले पहिले भैरहवामा नै पार्टीको काम गरेको हुनाले त्यहाँको प्रशासन र पुलिसले समेत उहाँलाई राम्ररी चिन्दथे । केही समयपछि मलाई थाहा भयो : भैरहवाका केही सिआइडी हात्तीमा चढेर नौतनवा गएछन् । उहाँलाई बेस्सरी रक्सी खुवाएछन् । त्यसपछि उहाँलाई हात्तीमा चढाएर नेपालतिर ल्याएछन् । बोर्डर काटेर नेपालतिर ल्याएपछि भैरहवाबाट गएका सिआइडीले खुकुरीले हानेर उनलाई मारिदिएछन् । त्यसरी उहाँको दु:खद अन्त्य भयो ।

    कतिपय मधेसवादी सङ्गठनले रघुनाथ रायलाई उनीहरूको मधेस आन्दोलनको पहिलो सहिद पनि बताउने गरेका छन् ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.