शिव पन्थी, प्यूठान ।
राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध ‘मेची–महाकाली’ अभियान अन्तर्गत प्यूठानको खलंगामा कोण शभा सम्पन्न भएको छ ।
शभालाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले नेपालमा अमेरिकाको बढ्दो प्रवाभलाई रोक्न यो अभियान सुरु भएको बताउनुभयो ।
उहाँले अमेरिकी साम्राज्यवाद पत्यक्ष रुपमा आएको उल्लेख गर्दै यसलाई समयमै रोक्न नसक्ने हो भने देश युक्रेन बन्ने खतरा रहेको औँल्याउनुभयो ।
कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) का जिल्ला प्रवक्ता राम पहाड़ीले पनि सम्बोधन गर्नुभएको थियो ।
यस्तै, राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाको पनि आथित्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध जेठ १ गते महेन्द्रनगरबाट सुरु गरेको अभियान प्युठान पुगेको हो । सो अभियानको समापना जेठ १५ गते बुटवलमा हुने छ ।
यस्तै, बागलुङबाट सुरु भएको अर्को टोलीको कार्यक्रम को समापन सोही दिन काठमाडौंमा हुने छ ।