विष्णु शर्मा ##
तिमी आकारमा सानो भए पनि
तिमीलाई जनादेशले अस्वीकार गरे पनि ।
हामीलाई तिमीदेखि गर्व लाग्छ
विश्वास कि एक दिन तिमीलाई नै माग्छ।।
तिम्रो विश्लेषण कहिल्यै गलत भएन
ठुला आकार भएकासँग सही विश्लेषण रहेन ।
त्यसैले त देश विदेशीको चङ्गुलमा फसिसक्यो
साम्राज्यवादको असली रूप उदाङ्गो भइसक्यो ।।
राष्ट्रियताको सौदाबाजीमा तिमी भारु रोजेनौ
सरकारमा सामेल हुँदा सुविधाहरू खोजेनौ ।
न त तिमी डलर देख्दा लालायित हुन्छौ
न त मन्त्री बनाइदेउ भन्दै सेटिङ गर्न पुग्छौं ।।
तिमी कसैका धम्कीदेखि डराएनौ
“जनयुद्ध” कालमा गाउँदेखि हराएनौ ।
न त सुराकी गर्यौ न त खुराकी नै दियौ
गाउँमा जनताको तागत तिमी मात्र थियौ ।।
डराउँदैनौ दुधलाइ दुध पानीलाई पानी भन्न
चाहे किन नपरोस् सबैसँग एक्लो बन्न ।
हट्दैनौ पछि चौतर्फी विरोध आए पनि
अडिग रहन्छौ जसले जति आरोप लाए पनि ।।
तिमी अति मिहिनेत गरेर खारेको सुन हौ
कठाङ्ग्रिने जाडोलाई तातो बनाउने उन हौ ।
गरिखाने वर्गको पक्षपाती भरपाइ हौ
दुस्मनबाट देश सुरक्षित राख्ने सिपाही हौ
तिमीले सधैँ भ्रष्टाचारको विरोध गर्न छोडेनौ
सरकारमा गए नि गलत हुँदा मूकदर्शक बनेनौ ।
यसैले त तिम्रो पहिचान अरूको भन्दा छुट्टै छ
ढिलोचाडो तिम्रो पक्षमा जनमानस जुट्दै छ ।।
तिमी देश र जनताको प्रतिनिधि जनमोर्चा हौ
तिम्रा नीति र कार्यक्रम पुर्याउनुपर्छ गाउँ गाउँ ।
लालायित हुने छन् जनता तिम्रो कार्यक्रमदेखि
देशबेचुवा र भ्रष्टाचारीका झर्ने छन् सेखी ।।