कल्पना पौडेल ‘जिज्ञासु’ ##
Advertisement
अनायासै बग्दा रै’छन भावनाका भेलहरू
खेल्दै छु म हारी हारी जिन्दगीका खेलहरू
भौतारिँदै नोकरीको ठुलो आशा गर्दागर्दै
प्रवासको जिन्दगीमा फेरे धेरै जेलहरू
रुन्छ मन धर्धरी ऋणमाथि ऋण हुँदा
कसो गरी पार लगाऊँ कसिँदै छन् नेलहरू
स्वदेशमा केही गर्न चाहन्थेँ म उतै बसी
जताततै द्वन्द्व मात्र देखिँदैनन् मेलहरू
स्वार्थी छ कि दुनियाँ यो साँचो छैन कि त
उदार यो भावनामा किन हुन्छन झेलहरू
(खजुरा, बाँके)