• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रमशिविरमा ठगी र रुँदै गरेकी महिला

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१३ "

  •   बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    —क—

    पहिले हाम्रो पार्टीले आर्थिक सङ्कलनको लागि पार्टीका सदस्यहरूलाई श्रमदान गर्न लगाउने गर्दथ्यो । पार्टीको नेतृत्वदेखि पार्टीका सामान्य सदस्यसम्मले श्रमदानमा भाग लिने गर्दथे । त्यस प्रकारका श्रमदान बेग्लाबेग्ले प्रकारका हुने गर्दथे† जस्तै कि बाटो खन्ने, कसैको खेतिपाती गरिदिने, मौसमी चन्दा उठाउने आदि । त्यही प्रकारको एउटा टोलीमा मैले पनि भाग लिएको थिएँ ।

    म भैरहवाको—अहिलेको रुपन्देही जिल्लाको नाम त्यो बेला भैरहवा थियो—एउटा श्रमदान टोलीमा सामेल भएको थिएँ । त्यो टोलीको काम बालुवा चाल्ने थियो । हामीले करिब १५ दिनसम्म नदीको तिरमा बालुवा चाल्ने काम गरेका थियौँ । हामीले चालेको बालुवा ट्रकमा हालेर कतै लग्ने गरिन्थ्यो । त्यो टोलीमा मेरो साथमा भएका अन्य सहभागीहरूमा दुर्गा पौडेल, तारा गिरी, भक्ति पाण्डे, सरस्वती थापा, तिलक सुवेदी आदि हुनुहुन्थ्यो । ती सबैमध्ये दुर्गा र म पूरै समय बसेका थियौँ भने अन्य साथीहरू बिच बिचमा केही दिन बसेर आउनेजाने गर्नुहुन्थ्यो । अहिले सबै जनाको नाम याद आएन ।

    हाम्रो टोलीले चाल्ने बालुवाको ठेक्का भैरहवाको जिल्ला पार्टी समितिको एक जना सदस्यले लिनुभएको थियो । हामीले त्यो चालेको पारिश्रमिक जम्मा कति रुपैयाँ भएको थियो ? त्यो कुरा हामीलाई थाहा हुन सकेन । त्यो बालुवाको पैसा त्यो साथीले धेरै पल्ट ताकेता गर्दा पनि पार्टीलाई बुझाउनुभएन ।

    त्यसरी उहाँले एक प्रकारले हामी सबैको शोषण वा भ्रष्टाचार गर्नुभयो । निश्चय नै हामीले त्यहाँ काम गर्दा हाम्रो चियानास्ता र खानाको व्यवस्था भने उहाँले नै गर्नुभएको थियो ।

    त्यो साथी पछि हाम्रो पार्टी छोडेर माओवादीमा जानुभयो । हामीले उहाँलाई त्यही भ्रष्टाचारका लागि कारबाही गरेको हुनाले उहाँ माओवादीमा जानुभएको थियो वा कसरी जानुभएको थियो ? मलाई अहिले त्यो कुराको सम्झना छैन । अहिले उहाँको नाम मात्र सम्झनामा छ तर अब उहाँको निधन भइसकेको छ । त्यसैले मैले अब उहाँको नाम बताएर उहाँलाई बदनाम गर्न चाहन्न ।

    —ख—

    २०११ सालमा जनकपुरमा अखिल नेपाल किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि खगुलाल गुरुङ, सिद्धिमान जिसी, लङ्कबहादुर थापा, रुमबहादुर पाण्डेसहित हामी बढनीको बाटो भएर नेपालतिर फर्कदै थियौँ । हामी कृष्णनगरबाट बहादुरगञ्जतिर आउदै थियौँ ।

    बहादुरगञ्ज आइपुग्नुभन्दा केही पहिले बाटामा बढनीतिर जान थालेका एक जना पुरुष र एक जना महिलालाई भेटायौँ । ती महिला रोइरहेकी थिइन् । हामीले उनीहरूलाई ‘के भएको हो ? किन रुनुभएको हो ?’ भनेर सोध्यौँ । उनीहरूले आफ्नो सबै कुरा हामीलाई बताए ।

    ती लोग्नेमान्छेले भारतमा कतै नोकरी गर्दा रहेछन् । उनी छुट्टीमा घरमा आएका रहेछन् । अहिले आफ्नी पत्नीसमेतलाई लगेर भारततिर जान थालेका रहेछन् । बहादुरगञ्जको पुलिसचौकीले ती महिलालाई भगाएर भारतमा बेच्न लैजान थालेको भनेर पक्रेछ र एक दिनसम्म थुनामा राखेछ । एक दिनपछि उनीहरूसित जे जति गहना र पैसा थिए, त्यो सबै लिएर छाडिदिएछ । बाटा खर्चका लागि भने केही पैसा छाडिदिएछ ।

    हामीले उनीहरूको कुरा सुनेपछि एउटा योजना बनायौँ । त्यो योजनामा खतरा थियो तैपनि हामीले त्यो योजनालाई कार्यान्वयन गर्ने निश्चय गर्‍यौँ । हामीले ती दुवै जनालाई साथै लगेर चौकीतिर आयौँ ।

    हामीले आफूलाई दौडाहाटोली बताउने सल्लाह गरेका थियौँ । त्यसअनुसार मलाई दौडाह टोलीको हाकिम, सिद्धिमानलाई कर्मचारी, खगुलाललाई मेरो गार्ड र बाँकी दुई जना साथीहरू सिपाही बताउने सल्लाह भएको थियो ।

    चौकीमा पुग्नेबित्तिकै खगुलाल ठुलो स्वरले गर्जिन थाल्नुभयो । उहाँले ‘चौकीमा को को छौ ? हवल्दार को हो ?’ भन्दै हल्ला गर्न थाल्नुभयो । उहाँको स्वर सुनेर नै पुलिसहरू तर्सेर डराए । सबै पुलिसहरू अगाडि आएपछि खगुलालले भन्नुभयो– “तिमीहरू सबैलाई हामीले गिरफ्तार गर्दछौँ । कोही पनि चल्न पाउन्नौँ ।’

    पुलिसले सोध्न थाले– ‘हाम्रो के कसुर छ ?’

    त्यही बेला रुमबहादुरहरू बाटामा हामीले भेटाएका दुई जना पतिपत्नीलाई ल्याएर आइपुग्नुभयो । ती दुई जनालाई देख्नेबित्तिकै पुलिसहरूले कुरा बुझे र झन् आत्तिए ।

    सिद्धिमानले पुलिसहरूलाई हाम्रो परिचय दिँदै भन्नुभयो : ‘हामी दौडाह हौँ ।’

    उहाँले मतर्फ देखाउँदै भन्नुभयो– ‘उहाँ हाम्रो हाकिम हुनुहुन्छ । देशमा भ्रष्टाचार बढेको हुनाले छड्केजाच गर्न सरकारले दौडाह पठाएको हो । अड्डा–अदालतमा काम गर्ने कर्मचारी भ्रष्ट हुन्छन भनेर सरकारले नयाँ युवकलाई हाकिम बनाएर पठाएको छ ।’

    त्यो बेला विभिन्न जिल्लामा अन्याय, जालझेल वा भ्रष्टाचारको छानबिन गर्न कैयौँ दौडाह बनाएर पठाइएको थियो । सबैतिर दौडाहको चर्चा थियो । त्यसैले दौडाहको कुरा सुनेपछि पुलिसहरूले सजिलैसित त्यसमाथि विश्वास गरेका थिए ।

    सिद्धिमानले हाकिमका लागि आराम गर्न खाट र तन्नाको व्यवस्था गर्न भन्नुभयो र पुलिसहरूले त्यसको व्यवस्था गरे । उनीहरूले चिया र खानाको पनि व्यवस्था गरे ।

    सिद्धिमानले सँगै आएका पुरुष र महिलालाई देखाउँदै भन्नुभयो– ‘यी मान्छेहरूको तिमीहरूले के के लुटेका हौ ? यो ठुलो भ्रष्टाचार हो । त्यसका लागि तिमीहरूमाथि कडा सजाय हुन्छ । तिमीहरूको जागिर पनि जान्छ र तिमीहरू जेलमा पनि बस्नुपर्छ ।’

    हवल्दारले हात जोड्दै भने : ‘हामीले कुनै कसुर गरेका छैनौँ । कसुर ठहरिएमा जुन सजाय पनि भोग्न तयार छौँ । हामीलाई हाम्रो थाना तौलिहवामा लैजानुस् । त्यही हामीले आफ्नो बयान दिने छौँ । जे कारबाही गरे पनि त्यहीँ हुने छ ।’

    तौलिहवाको थानामा जाने कुरा खतरनाक थियो । त्यहाँ जानेबित्तिकै हाम्रो भण्डाफोर हुन्थ्यो र उल्टो हामी नै जेलमा जानुपथ्र्याे । हवलदारको भनाइको के जवाफ दिने ? म केही अलमलमा परेको थिएँ ।

    त्यति बेला खगुलालले ठुलो स्वरले भन्नुभयो– ‘हामी उल्टो बाटो तौलिहवा जान्नौँ । अहिले हामीहरू दाङ जाँदै छौँ । दौडाहको कुनै थानामा जान्न । हामीले लिएको कुनै मुद्दा सिधै बडाहाकिमकहाँ बुझाइदिन्छौँ । तिमीहरूलाई जेलमा हालेर मुद्दा चलाउने भनेर ठाडो आदेश लिएर तिमीहरूलाई बडाहाकिमलाई बुझाइदिन्छौँ ।’

    खगुलालको कुरा सुनेर पुलिसहरूको सातोपुत्लो उड्यो । हामीले उनीहरूलाई दाङमा लैजाने वा बडाहाकिमकहाँ बुझाउने जस्तो कुनै काम गर्न सक्दैनथ्यौँ । त्यो समस्याको समाधानका लागि हामीले कुनै उपाय निकाल्नुपर्दथ्यो । मैले सिद्धिमानलाई एक्लै बोलाएर केही कुरा गरेँ र उहाँलाई हवल्दारलाई एकान्तमा लगेर केही कुरा गर्ने सल्लाह दिएँ ।

    उहाँले एकान्तमा लगेर हवल्दारलाई भन्नुभयो– ‘हाकिम एकदम कडा हुनुहुन्छ । उहाँले दिएको ठाडो आदेशलाई अड्डा–अदालत वा बडाहाकिमले पनि काट्न सक्दैनन् ।’

    उहाँको कुरा सुनेपछि हवल्दारले भनेछन् : ‘हामीले गल्ती गर्‍यौँ । हामीलाई जसरी भए पनि बचाइदिनुपर्‍यो ।’

    त्यसपछि सिद्धिमानले भन्नुभएछ : ‘त्यसको एउटै उपाय छ । तिमीहरूले ती मान्छेहरूबाट जे जति गहना वा पैसा लिएका छौँ, त्यो सबै फर्काइदिनुपर्छ । त्यसो भएमा मैले हाकिम साहेबसित तिमीहरूलाई माफबिन्ती चढाउने छु ।’

    त्यसपछि हवल्दारले भारततिर जान लागेका पतिपत्नीबाट लिएका सबै गहना र पैसा फर्काइदिए । त्यसपछि उनीहरू बढ्नीतर्फ लागे । हामीलाई डर थियो, हामी गएपछि पुलिसहरूले उनीहरूका पछि गएर पुन: पक्रने त होइनन् ? त्यसैले उनीहरू गएपछि दुई घण्टासम्म हामी त्यहीँ बस्यौँ र त्यसपछि दाङतिर लाग्यौँ ।

    बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.