• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुर्गमको व्यथा: विद्यालय पुग्न छन्त्याल चार घन्टा पैदल


  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
  • गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ ।

    Advertisement

    तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो ।

    गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आउनुभएको छ ।

    भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घन्टा आउजाउको पैदलयात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ । छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घन्टा र बेलुका दुई घन्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताउनुभयो ।

    ‘बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो’, छन्त्यालले भन्नुभयो, ‘परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ ।’

    छन्त्यालमात्रै होइन, तमानखोला गाउँपालिका–६ पात्लेखेतका रुप घर्ती घरबाट आउजाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माविमा अध्ययन गर्नुहुन्छ । कक्षा ५ सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गर्नुभएका घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूतमा अध्ययनपश्चात अहिले खुङ्खानी आएर कक्षा १० मा अध्ययन गर्दै आउनुहुन्छ ।

    ‘आफ्नो वडामा ८ कक्षामाथि पढाइ हुँदैन, अध्ययन गर्नका लागि ६ नं वडा बाट ५ मा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुङ्खानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु’, घर्तीले भन्नुभयो, ‘विद्यालय टाढा भएपछि शुक्रबार र शनिबारमात्रै घरमा पुग्ने गर्दछु, बर्खाको समयमा पहिराले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था हुन्छ ।’

    अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ । वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घन्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घन्टाको पैदलयात्रापछि विद्यालय पुग्न सकिन्छ । नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नुहँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ ।

    खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घन्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताउनुभयो । विद्यालय आउनजानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ । वर्षा र बाढीपहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ ।

    पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानध्यापक सत्यनारायण सिंहले जानकारी दिनुभयो । ‘अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भए पनि नर्जाबाट २५, भित्रिवनबाट १२ र पात्लेबाट छ जना घन्टौँ पैदलयात्रापछि यहाँ अध्ययन गर्न आउने गरेका छन्’, उहाँले भन्नुभयो, ‘नर्जाबाट आउन जान दुई घन्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झन्डै चार घन्टा लाग्ने गरेको छ, परीक्षाको समयमा विद्यालयमै बस्नेखाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ ।’

    भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसङ्ख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीनवटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीनवटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

    आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिकरूपमा मात्रै होइन, शैक्षिक गुणस्तरमा मुहार फेरेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उहाँको भनाइ छ ।

    कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गा दोभानस्थित जनजागृति मावि पुग्नुपर्छ । विद्यालयमा हाल दुई सय ८८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ ।(रासस)

    मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.