• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले दिएको सन्देश


  •   शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##
    नेपालको प्रगतिशील तथा जनवादी सांस्कृतिक सङ्गठनको मूल प्रवाहको रूपमा स्थापित रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन २०८० वैशाख १, २ र ३ गतेका दिन नयाँ जोस, उमङ्ग र उल्लासका साथ बुटवलमा भब्य रूपमा सम्पन्न भएको छ । २०७५ सालमा पोखरामा गर्ने भनिएको यो चौथो राष्ट्रिय सम्मेलन सङ्गठनभित्रैका केही साथीको व्यक्तिगत महत्त्वाकाङ्क्षी, फुटपरस्त तथा अनुशासनविहीन गतिविधिका कारण स्थगित हुन पुगेको थियो । यसरी चौथो राष्ट्रिय सम्मेलन स्थगित भएपश्चात पनि ती साथीहरूको फुटपरस्त तथा अनुशासनविहीन चरित्रमा कुनै सुधार आएन । अन्तत: उनिहरूले रक्तिम सांस्कृतिक अभियानमा फुट पारेर अर्कै बाटो हिँड्न सफल भए । यो दुखद घटनाले रक्तिम सांस्कृतिक अभियानको साङ्गठनिक जीवनमा अन्यौलता, निराशा र सुस्तता आउनु स्वाभाविक नै थियो । यस्तो अवस्थामा रक्तिमको संस्थापन पक्षले रक्तिममा देखा परेको अन्यौल, निराशा र सुस्ततालाई चिर्दै अगाडि बढिरह्यो । यसैको परिणामस्वरूप तेस्रो राष्ट्रिय सम्मेलन भएको करिब ९ वर्षपश्चात हालै रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

    Advertisement

    हामीलाई थाहा भएकै कुरा हो कि आज हाम्रो समाजको सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतना अपेक्षा गरिएअनुसार माथि उठ्न सकिरहेको छैन । सामन्ती तथा पुँजीवादी राजनीतिको कारण जनताको आन्दोलनद्वारा स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि बद्नाम हुँदै गइरहेको छ ।

    यही गलत राजनीतिबाट आज एकातिर प्रतिगमनकारी शक्तिले मौकाको फाइदा उठाउन खोजिरहेका छन् भने अर्काेतिर, साम्राज्यावादी शक्तिहरू नेपालमाथि आफ्नो प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप बढाउँदै लगिरहेका छन् । योसँगै आज हाम्रो देशको संस्कृतिको क्षेत्र पनि अत्यन्तै चिन्ताजनक अवस्थामा गुज्रिरहेको छ । युगौँदेखि चल्दै आएको सामन्ती र रूढिवादी संस्कृतिमा जुन खाले प्रगतिशील रूपान्तरण हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन बरु यसको विपरीत हाम्रो समाज साम्राज्यवादी पाश्चात्य छाडा संस्कृतिको सिकार भइरहेको छ । यसरी अझै पनि हाम्रो समाजको सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतना पिछडिएकै अवस्थामा बामे सरिरहेको छ । यस प्रकारको पिछडिएको चेतनालाई माथि उठाउन हामी साङ्गठनिक तथा वैचारिक रूपमा बलियो हुनुपर्दछ तर अहिले हाम्रो वैचारिक पक्ष सही हुँदाहुँदै पनि यो विचारलाई भौतिक शक्तिको रूपमा विकास गर्ने हाम्रो साङ्गठनिक पक्ष निकै नै कमजोर रहेको छ । यस्तो विषम अवस्थामा सम्पन्न भएको रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले हाम्राबिचमा केही नवीन सन्देश प्रवाह गर्न सफल भएको छ ।

    बैचारिक सन्देश
    सबै प्रकारका मानवीय गतिविधि र विषयवस्तु विचार पक्षसँग सम्बन्धित रहेका छन् । विचार पक्ष सही वा वस्तुपरक छ भने मानवीय गतिविधि र विषयवस्तुले पनि सही परिणाम दिइरहेका हुन्छन् । त्यसैगरी विचार पक्ष वस्तुपरक छैन र गलत छ भने मानवीय गतिविधि वा विषयवस्तुका परिणाम पनि गलत नै निस्कन पुग्दछ । विचार पक्षको यो नियमबाट हाम्रो सांस्कृतिक सङ्गठन पनि अछुतो छैन । त्यसैले रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले यो सङ्गठनको सैद्धान्तिक तथा वैचारिक पक्षलाई उच्च बनाउने कुरामा विशेष जोड दिएको छ । रक्तिमका कलाकारले अबका दिनमा राम्रो नृत्य गरेर, राम्रो बाद्यवादन बजाएर, राम्रो सङ्गीत गाएर, राम्रो गीत, कविता वा साहित्य लेखेर अथवा राम्रो अभिनय गरेर मात्र पुग्दैन, नाच्ने, गाउने, बजाउने, साहित्य सिर्जना गर्ने अथवा अभिनय गर्ने कुरा सँगसँगै प्रत्येक कलाकारको सैद्धान्तिक तथा वैचारिक ज्ञानको स्तर कैयौँ गुना उच्च हुन जरुरी छ ।

    आज हामी रक्तिमका कलाकारमा जुन प्रकारको सैद्धान्तिक वा वैचारिक ज्ञानको विकास हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन अर्थात् रक्तिमका कार्यकर्तामा सैद्धान्तिक तथा वैचारिक पक्ष कमजोर अवस्थामा रहेको छ । रक्तिमका कलाकारमा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण कस्तो हुनुपर्दछ ? रक्तिमका कलाकारले कस्तो प्रकारको दार्शनिक तथा सैद्धान्तिक मान्यता बोक्नुपर्ने हो ? रक्तिमलाई सञ्चालन गर्ने सङ्गठनात्मक सिद्धान्त कस्तो रहेको छ ? रक्तिमका कलाकारले कलालाई कुन दृष्टिकोणले हेर्नुपर्ने हो ? रक्तिमका कलाकारले उत्पादन गर्ने कला केका लागि र कसका लागि ? रक्तिमका कलाकारको अनुशासन र नैतिकता कस्तो हुनुपर्दछ ? रक्तिम र पार्टीबिचको अन्तरसम्बन्ध कस्तो रहेको छ ? जनवादी संस्कृति के हो ? बुर्जुवा संस्कृति के हो ? माक्र्सवादी–लेनिनवादी सौन्दर्यशास्त्र भनेको के हो ? यस्ता थुप्रै सैद्धान्तिक विषयमा स्पस्ट हुन नसक्दा वा आवश्यक ज्ञान प्राप्त गर्न नसक्दा रक्तिमका कलाकारमा व्यक्तिगत महत्त्वाकाङ्क्षा बढ्न जाने, वैचारिक रूपमा एकताबद्ध हुन नसक्ने र अन्तमा निराशा, पलायन र निष्क्रियताका समस्या देखा पर्ने गरेका छन् । रक्तिमका कलाकारमा देखा पर्ने यस प्रकारका समस्याले रक्तिमको सङ्गठनमा मात्रै होइन, सिङ्गो सांस्कृतिक आन्दोलनमा समेत ठुलो क्षति पुग्ने गरेको छ । तसर्थ रक्तिम सांस्कृतिक अभियानले बोकेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अभिभारालाई दृढतापुर्वक अगाडि बढाउन रक्तिम सांस्कृतिक अभियानका सम्पूर्ण कलाकर्मी सांस्कृतिक योद्धाहरू सैद्धान्तिक तथा वैचारिक रूपमा सशक्त र एकताबद्ध हुन जरुरी छ ।

    कला र साहित्य क्रान्तिकारी आन्दोलनरूपी मेसिनको दाँत र पेच हुनुपर्छ भन्ने लेनिनवादी साहित्यिक मान्यताका साथ हातलाई शसक्त बनाउनुभन्दा पहिले दिमागलाई सशक्त बनाउने कुरामा रक्तिमका सम्पूर्ण कलाकारले ध्यान दिनैपर्दछ । यसका लागि रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले कला सँगसँगै थुप्रै विचारमूलक कार्यक्रम पनि अगाडि सारेको छ । अब अरू जम्मै सांस्कृतिक सङ्गठनभन्दा रक्तिम सांस्कृतिक अभियान वैचारिक रूपमा सशक्त र एकताबद्ध हुनुपर्दछ भन्ने सन्देश यो सम्मेलनले प्रवाह गरेको छ । चौथो राष्ट्रिय सम्मेलनको यही मर्म र सन्देशलाई बोकेर हामीले यो देशको सांस्कृतिक आन्दोलनलाई शसक्त बनाउँदै लैजानुपर्दछ ।

    साङ्गठनिक सन्देश
    हामी वैचारिक रूपले सशक्त र एकताबद्ध भएर मात्र पुग्दैन, हामीले सामन्तवादी, पुँजीवादी पाश्चात्य छाडा संस्कृतिलाई परास्त पार्न र सर्वहारा वर्ग तथा गरिब किसान जनसमूहको जनवादी संस्कृति निर्माण गर्ने उदेश्यलाई सफल बनाउन हामीसँग बलियो, जुझारु र सशक्त सङ्गठनको पनि त्यत्तिकै आवश्याकता पर्दछ । तसर्थ हामी हाम्रो सङ्गठनलाई पनि ससक्त र सुदृढ बनाएर लैजानुपर्दछ ।

    “सत्ताप्राप्तिका लागि सर्वहारा वर्गसँग सङ्गठन सिवाय अर्काे कुनै हतियार छैन” भन्ने लेनिनको भनाइले पनि सङ्गठनको महत्त्व कति ठुलो छ भन्ने कुरा हामीले सहजै अनुमान गर्न सक्दछौँ । हामी सबैलाई थाहा छ कि आज हाम्रो सङ्गठन रक्तिम सांस्कृतिक अभियानको साङ्गठनिक अवस्था सोचे जस्तो बलियो छैन । चौथो राष्ट्रिय सम्मेलनको अवसरमा हामी सबैलाई यो कुराको राम्ररी नै अनुभूति भएको छ । चौथो राष्ट्रिय सम्मेलनमा देशभरिबाट सहभागी प्रतिनिधिको अवस्था खासै निराशाजनक नभएता पनि सन्तोषजनक भने पक्कै पनि थिएन । तसर्थ हामी अहिले कायम रहेको साङ्गठनिक अवस्थामा नै आत्मरति लिएर वा चित्त बुझाएर बस्ने गल्ती गर्नुहुँदैन ।

    अब हामीले रक्तिम सांस्कृतिक अभियानको सङ्गठनलाई केवल ४०/४१ जिल्लामा मात्रै सीमित रहन दिनु हुँदैन । हामी देशका सतहत्तरै जिल्लामा रक्तिम सांस्कृतिक अभियानको सङ्गठनलाई विस्तार गर्ने र सङ्गठनलाई सुदृढ पार्न अहोरात्र खट्नुपर्दछ र यसरी हामीले सर्वहारा वर्ग तथा गरिब किसान जनताको हितमा सांस्कृतिक चेतनाको लहर उठाउने हजारौँहजार रक्तिमका कलाकार उत्पादन गर्नुपर्दछ । यसरी सङ्गठनको विकास गर्नका लागि रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले केही प्रारम्भिक साङ्गठननिक कार्यक्रम अगाडि सारेको छ । जसअनुसार हामी २०८० सालभित्र हाम्रो सदस्य सङ्ख्यालाई पाँच हजार पुर्‍याउने छौँ । सङ्गठन भएका जिल्लामा हामी टोलसम्म पुगेर सङ्गठन निर्माण अभियान चलाउने छौँ । सङ्गठन नभएका जिल्लामा पुगेर सङ्गठन विस्तारका योजना बनाउने छौँ । यसका लागि रक्तिमका सबै शुभेच्छुक, सदस्य तथा कार्यकर्ताले महत्त्वपूर्ण योगदान दिनुपर्ने छ । यसरी हामी हाम्रो सङ्गठनलाई यो देशको सबैभन्दा शक्तिशाली सांस्कृतिक सङ्गठनको रूपमा विकास गर्ने छौँ । यसरी हामी हाम्रो सङ्गठनलाई जनवादी सांस्कृतिक आन्दोलनको नेतृत्व गर्न सक्ने एक सक्षम, योग्य र विशाल सङ्गठनको रूपमा स्थापित गर्ने छौँ । यही भावनाका साथ सङ्गठनको गतिलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा नै रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको मूल सन्देश रहेको छ ।

    सङ्घर्षको सन्देश
    रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले अनुमोदन गरेको मूल नारा “सामन्तवादी तथा पुँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन : प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा चौथो राष्ट्रिय सम्मेलन” हो । अब हामी हाम्रो सङ्गठनको पाँचौँ राष्ट्रिय सम्मेलनसम्म यही नाराको मर्मलाई आत्मसात गरेर सांस्कृतिक आन्दोलनलाई सङ्गठित गर्ने प्रयत्न गर्नुपर्दछ ।

    आजको राज्यव्यवस्थाले प्रगतिशील तथा जनवादी संस्कृतिको निर्माण तथा विकाससम्बन्धी कुनै पनि सोच अगाडि ल्याउन सकेको छैन । अहिलेकै अवस्थामा यो राज्य व्यवस्थाले यस प्रकारको सोच ल्याउन पनि सक्दैन किनकि हामीले भन्ने गरेको प्रगतिशील तथा जनवादी संस्कृति भनेको सर्वहारा वर्ग तथा गरिब किसान जनसमुदायको हित गर्ने संस्कृति हो तर वर्तमान राज्यव्यवस्थाको मूल चरित्र सामन्त तथा दलाल पुँजीपति वर्गको हितलाई संरक्षण गर्ने रहेको छ । तसर्थ यो व्यवस्थाले तिनै सामन्त तथा दलाल पुँजीपति वर्गको हित गर्न संस्कृतिलाई नै अगाडि बढाउने गर्दछ ।

    अहिलेको अवस्थामा सामन्त तथा दलाल पुँजीपति वर्गको हित गर्ने संस्कृति भनेकै सामन्ती, रूढिवादी, तथा पुँजीवादी पाश्चात्य छाडा संस्कृति नै हो ।

    तसर्थ आज राज्यले यसै संस्कृतिको विकासलाई प्रोत्साहन गरिरहेको छ । विभिन्न मेला महोत्सवमा छाडा तथा बुर्जुवा प्रस्तुतिले प्रमुख प्राथमिकता पाउनु, बसिखाने वर्गहरूको भोगविलासलाई पूर्ति गर्ने, यौनशोषण, श्रमशोषण हुने, बुर्जुवा तथा छाडा संस्कृतिलाई बढावा दिने खालका डान्सबार, दोहोरी साँझ जस्ता व्यवसायको वृद्धि हुँदै जानु, कला, साहित्य र संस्कृतिको विकासका लागि भनी राज्यद्वारा खोलिएका साहित्यिक तथा सांस्कृतिक निकाय अर्थात्् प्रतिष्ठान प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासका लागि काम गर्नेभन्दा पनि केवल मुट्ठिभर र पहुँचवाला मानिसले जागिर वा भत्ता खाने अर्थात्् सुविधा लिने थलो जस्ता हुनु–यी सबै कुरा अहिलेको विद्यमान बुर्जुवा पुँजीवादी शासन प्रणालीको परिणाम हो । यसरी यो व्यवस्था सामन्ती तथा पुँजीवादी संस्कृतिको पक्षपाती व्यवस्था हो । तसर्थ यो व्यवस्थामा आमूल परिवर्तन नहुञ्जेल अर्थात् जनताको जनवादी व्यवस्था स्थापना नहुञ्जेल प्रगतिशील तथा जनवादी संस्कृतिले प्राथमिकता पाउन सक्ने छैन ।

    तसर्थ आज हामीले एकातिर सामन्ती तथा पुँजीवादी छाडा संस्कृतिको विरुद्धमा उठ्नुपरेको छ भने अर्काेतिर, हामी प्रगतिशील जनवादी संस्कृतिको पक्षमा जुट्नुपरेको छ । यो नै अहिलेको हामी सांस्कृतिक कर्मीको सङ्घर्षको प्रमुख उद्देश्य बन्नुपर्दछ । यस प्रकारको सङ्घर्षको उद्देश्यलाई पूरा गर्नका लागि हाम्रो सङ्गठनले एक्लै वा सम्भव भएसम्म अन्य सांस्कृतिक सङ्गठनसँग पनि संयुक्तमोर्चा बनाएर सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ । सङ्घर्षको मैदानबाटै हाम्रो विचार र सङ्गठन फुल्ने, फल्ने र फैलिँदै जाने हुनाले रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले सङ्घर्षको सन्देशलाई पनि अगाडि सारेको छ ।

    सम्मेलनले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा, साम्राज्यवादी हस्तक्षेपको विरोध, सीमा अतिक्रमणको विरोध, सङ्घीयताको खारेजी, भ्रष्टाचार, बेरोजगारी जस्ता देशका तत्कालीन ज्वलन्त विषयमा पनि आवाज बुलन्द गर्ने कुरामा विशेष जोड दिएको छ । चौथो राष्ट्रिय सम्मेलनको सङ्घर्षको यो सन्देशलाई हामी सबैले हृदयदेखि नै आत्मसात गर्नुपर्दछ । रक्तिम सांस्कृतिक अभियानका प्रत्येक सदस्य तथा कार्यकर्ता सबैले रक्तिमको यो सङ्घर्षशील झन्डालाई उँचो बनाइराख्न सदैव प्रतिबद्ध रहनुपर्दछ ।

    निष्कर्ष
    रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले वैचारिक रूपमा सशक्त, मिलिट्यान्ट, जुझारु, सङ्घर्षशील, सक्षम र गतिशील सांस्कृतिक सङ्गठनको निर्माणमा विशेष जोड दिएको छ । चौथो राष्ट्रिय सम्मेलनको यही मूल मर्मलाई आत्मसात गर्दै देशका तत्कालीन जल्दोबल्दो विषयमा हामी आफ्नै स्वतन्त्र पहलमा वा अन्य देशभक्त र जनतान्त्रिक सङ्घसंस्थासँग मिलेर वा संयुक्तमोर्चा निर्माण गरेर देशभक्तिपूर्ण महान् जनवादी सांस्कृतिक आन्दोलनमा सक्रिय रहनुपर्दछ । विचार, सङ्गठन र सङ्घर्ष यी तीन तत्त्वको आधारलाई बलियो बनाउँदै हामी हाम्रो चौथो राष्ट्रिय सम्मेलनले देखाएको बाटोमा अगाडि बढौँ ।

    शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.