काठमाडौं । अखिल नेपाल महिला संघले आगामी चैत्र महिनामा महिला हिंसा विरुद्ध सातवटै प्रदेशमा जनचेतनामुलक कार्यक्रम गर्ने घोषणा गरेको छ । महिला संघको हालै बुटवलमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले सातवटै प्रदेश र विभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अध्यक्ष मिना पुनद्वारा सोमबार जारी वक्तव्यमा प्रदेशस्तरमा धनगढी, सुर्खेत, बुटवल, पोखरा, धनकुटा र काठमाडौंमा अन्तरक्रिया गर्ने उल्लेख छ। जसअनुसार चैत्र १३ गते धनगढी– प्रमुख अतिथि दुर्गा पौडेल, १५ गते सुर्खेत– प्रमुख अतिथि दुर्गा पौडेल, १७ गते बुटवल– प्रमुख अतिथि मिना पुन, १९ गते पोखरा– प्रमुख अतिथि मिना पुन, २३ गते धनकुटा– प्रमुख अतिथि मिना पुन र काठमाडौमा प्रमुख अतिथि दुर्गा पौडेल रहनुहुनेछ ।
यसैगरि, चैत्र २७ गते प्युठान– प्रमुख अतिथि तारा जिसी, २८ गते कपिलवस्तु र २९ गते दाङ– प्रमुख अतिथि सकुन्तला राना, २९ गते बाग्लुङ– प्रमुख अतिथि लक्ष्मी वास्कोटा, २५ गते अर्घाखाँची– प्रमुख अतिथि सरस्वती पौडेल, १६ गते नवलपुर, २९ गते पाल्पा र ३० गते बारा– प्रमुख अतिथि मिना पुन रहने गरि जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम हुनेछ ।
अन्तरक्रिया कार्यक्रमका लागि ‘चेलीबेटी वेचविखन र मानव अधिकार’ विषयमा पदम रोकाले, ‘छाउपडी, वोक्सीप्रथा र महिला अधिकार’ विषयमा मनोज भट्टले र ‘महिला हिंसा र मानव अधिकार’ को विषयमा मिना पुनले कार्यपत्र तयार गर्नुहुने छ ।
समसायिक प्रस्तावहरुः
सम्मेलनले २२ वुँदे समसामयिक प्रतावहरु पारित गरेको छ–
१. राष्ट्रघाती एमसीसी सम्झौता खारेज हुनुपर्छ ।
२. लिपुलेख, लिमपियाधुरा, कालापानी लगाएत भारतद्धारा अतिक्रमित नेपाली भूमी फिर्ता हुनुपर्छ ।
३. भारतद्धारा जारि गरिएको जाली नक्सा खारेज हुनुपर्छ ।
४. १९५० लगाएतका असमान सन्धी सम्झौता खारेज हुनुपर्छ ।
५. महिला हिंसाको अन्त्य हुनुपर्छ ।
६. महिला हिंसाको घट्ना हेर्न पारिवारिक अदालतको गठन हुनुपर्छ । तत्कालको लागि फाष्टट्रयाक कोटबाट फैसला हुनुपर्छ ।
७. लैंगिक हिंसाको अन्त्य हुनुर्छ ।
८. महिलाहरुको पक्षमा भएका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु कार्यान्वयन हुनुपर्छ ।
९. बैदेशिक हस्तक्षेप बन्द हुनुपर्छ ।
१०. बढ्दो महङ्गी र भ्रष्टाचार अन्त्य हुनुपर्छ ।
११. बेरोजगारीलाई रोजगारको व्यवस्था हुनुपर्छ ।
१२. वालवालिकाहरुमाथि हुने हिंसा अन्त्य हुनुपर्छ ।
१३. संघीयता खारेज हुनु पर्छ ।
१४. राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको रक्षा हुनुपर्छ ।
१५. साम्राज्यवादी युद्धको अन्त्य हुनुपर्छ ।
१६. एकल महिलाको पुनरपरिभाषित हुनुपर्छ ।
१७. वाल विवाहको अन्त्य हुनुपर्छ ।
१८. बोक्सी, छाउपडी, दाइजो जस्ता कुसंस्कारको अन्त्य हुनुपर्छ ।
१९. जेष्ठ नागरिकहरुको अधिकारको ग्यारेण्टी हुनुपर्छ ।
२०. जातीय छुवाछुतको अन्त्य हुनुपर्छ ।
२१. महिला हिंसा र प्रजनन् स्वास्थ्य सम्बन्धी विषयहरु पाठ्यक्रममा समावेश हुनुपर्छ ।
२२. वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई विमा र सुरक्षाको व्यवस्था हुनुपर्छ ।
महिला संघको सातौं राष्ट्रिय सम्मेलनका क्रममा लामो समयदेखि संगठनको काममा निरन्तररुपमा योगदान दिनुभएकी संघकी ७८ वर्षीया सल्लाहाकार चन्द्रवदन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
यो पनि पढ्नुहोस्ः महिला संघको अध्यक्षमा मिना पुन, महासचिव सकुन्तला राना