महेन्द्रनगर । नेकपा (मसाल) कञ्चनपुरले ‘ऐतिहासिक तीन अभियान’ सुरु गरेको छ ।
सोमबार १३४औँ मजदुर दिवसका अवसर पारेर महेन्द्रनगरमा एक कार्यक्रम गरी एक वर्षे अभियान सुरु गरेको हो ।
नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर कुँवरले गर्नुभयो ।
कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो कन्चनपुरका अध्यक्ष रामबहादुर कार्की, मजदुर नेता जनक कुँवर, राजमो पूर्वजिल्ला अध्यक्ष जयबहादुर मल्ल र रक्तिमका केन्द्रीय सदस्य मन्जु परियार लगायतले सम्बोधन गर्नुभएको थियो ।
मसालले ऐतिहासिक तीन अभियान अन्तर्गत कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्षका अवसरमा हिरक जयन्ती, लेनिनको स्मृति शताब्दी दिवस र पार्टीको नवौं महाधिवेशन को तयारी अन्तर्गत वर्षभरी देशव्यापी कार्यक्रम सुरु गरेको हो ।