काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथिको पुल भासिँदा यातायात ठप्प भएको छ।
Advertisement
दिउँसो केही समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा यातायात पूर्ण रुपमा बन्द भएको हो ।
दिउँसो सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अपरान्ह ४ बजेदेखि भने पुलमा धेरै नै क्षति भएपछि दुवैतर्फ यातायात बन्द गरिएको छ ।
यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका छन् ।
भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउने तयारी भएपनि तत्काल सडक खुल्ने अवस्था नरहेकोले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।