काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमियर कपको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
Advertisement
समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो।
कतारलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए।
आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुङ्गो लाग्नेछ।
सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सन्दीपले अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगितामा बनाएको यो नै सर्वाधिक रन हो।
यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए।