शंकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा गुल्मीले संगठनात्मक अभियान अन्तर्गत संगठन निर्माणलाई तिब्रता दिएको छ । अभियान अन्तर्गत विभिन्न ठाउँमा भेला गरी नयाँ समिति गठन गरिएको छ ।यसै क्रममा आइतबार कालीगण्डकी गाउँपालिका–७ धुवाखोलामा सम्पन्न भेलाले चन्द्र बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गरेको छ ।
मनकला गुरुङ र बिनोद गिरीको पहलमा उक्त समिति गठन भएको हो। विशेष अतिथि मूलप्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षत्रीले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार, महंगी , करवृद्धि साथै भारतले अतिक्रमण गरी आफ्नो नक्सामा गाभेको कालापानी, लिपुलेख लिम्पियाधुरा लगायतका क्षेत्र तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राजमो कालीगण्डकी गाँउपलिका अध्यक्ष गंगा बहादुर क्षत्री, सदस्य चित्र बहादुर थापाको पनि आतिथ्यता रहेको थियो ।
त्यस्तै, धुर्कोट गाउँपालिकाको सोंभरभोमरमा पनि राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छविलाल सर्तुङ्गिको आतिथ्यता र चिन्तामणि भट्टराईको उपस्तिथिमा नौ सदस्यीय समिति गठन गरिएको हो । समितिको अध्यक्षमा जित बहादुर छन्त्याल, सचिव कृष्ण बिक र कोषाध्यक्षमा रिता बिक रहनुभएको छ । सदस्यहरु अर्चना बिक गणेश काउछा, माया बिक, राम बहादुर बिक, जित बहादुर बिक र जुन कुमारी काउछा रहनुभएको थियो ।