• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पर्वतमा निर्माणाधीन अवस्थामै जमिन भासियो


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • पर्वत । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो ।

    Advertisement

    सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको हो । ‘इ’ ब्लक कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ बन्दै छ । जमिन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिनुभयो ।

    ‘इ’ ब्लकको भवनको भुइँतलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकताअनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुइँ तलाको भागमा ‘बिम’ रहेको ठाउँबाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको हो ।

    विसं २०७७ को असार–साउनदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने जनाउँदै निर्माणको थप काम हुनसकेको छैन । भू–गर्वविद्हरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताउनुभयो । तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

    पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ । सहरी विकास कार्यालय त्यही प्रतिवेदनको पर्खाइमा बसिरहेको छ । मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुनसक्ने भू–गर्वविद्हरूले अनुमान गरेका थिए । ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ ।

    भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमिन भासिएको थियो । भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भू–गर्वविद्हरूको सिफारिसबिना भवनको थप काम हुनसक्ने अवस्था नभएको डा अधिकारीले बताउनुभयो । भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर मुखमा ठूलो भ्वाङ रहेकाले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ ।

    निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो । निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर अमितकुमार पाण्डेले भू–गर्वविद्को टोली अध्ययनका लागि आउन लागेको बताउनुभयो । उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाका आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौँ, उहाँले भन्नुभयो, ‘भू–गर्वविद्हरूले सुझावका आधारमा अघि बढ्छौँ ।

    भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बिम’ र ‘पिलर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ ।

    कारण पत्ता लगाउनका लागि भू–गर्वविद्लाई सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको उहाँको भनाइ छ । भू–गर्वविद्को पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारका बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडीले बताउनुभयो । भवनका अन्य ब्लक भने निर्माण सम्पन्न भएर अस्पतालका सेवासमेत सोही भवनवाट सञ्चालन गरिएको छ ।

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.