अर्घाखाँची । राष्ट्रिय जनमोर्चाको पाचौँ जिल्ला सम्मेलन भोलि वैशाख ८ गतेबाट सुरु हुने भएको छ । सन्धिखर्कमा हुने सम्मेलन उद्घटन गर्न अध्यक्ष चित्र बहादुर केसी अर्घाखाँची आउनुभएको छ ।
अध्यक्ष केसीलेजिल्ला सम्मेलनलाई उद्घाटनसँगै सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।
नयाँ नेतृत्व र कार्यक्रम तय गर्नको निम्ती जिल्ला सम्मेलन गर्न लागेको राष्ट्रिय जनमोर्चाले सम्मेलनको सम्पूर्ण तयारी पुरा गरेको सचिव बाबुराम पन्थीले बताउनुभएको छ ।
सम्मेलन तयारीका क्रममा जिल्लाका सबै वडा र पालिकामा बैठक, भेला र सम्मेलन मार्फत वडा तथा पालिकास्तरीय समिति गठन सकिसके राजमोले जनाएको छ ।
सन्धिखर्क टुडिखेलस्थित सभाहलमा हुने उद्घाटन समारोहमा राजमोका केन्द्र तथा जिल्लास्तरका नेता, जिल्लामा क्रियाशील अन्य दलका प्रतिनिधिहरुको समेत आतिथ्यता रहने छ । सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले आफ्नो प्रस्तुती समेत दिनेछन् ।
जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र दर्शकहरु सन्धिखर्क आउन तयारी अवस्थामा रहेको जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ ।
भोली उद्घाटन समापनपछि वैशाख ९ गते बन्दशत्र मार्फत नयाँ नेतृत्व र कार्यक्रम तय गरि समापन हुने सम्मेलनमा जिल्लाभरबाट करिब ३ सय ५० जना प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने राजमो अर्घाखाँचीले जनाएको छ ।