गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ खड्ककोट अन्तरगत थालुङ सपाङ्देमा राष्ट्रिय जनमोर्चाको संगठन विस्तार भएको छ । बुधबार बसेको वृहत भेलाले राजमोको समिति गठन गरेको हो ।
Advertisement
समितिको अध्यक्षमा शुभाष थापा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा कृष्ण थापा, सचिव अमृता थापा, सहसचिव कमल थापा र कोषाध्यक्षमा ललिता थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा नृपबहादुर थापा, किरण थापा, बलबहादर थापा, गणेश थापा, अमृत थापा, नेत्रबहादुर थापा, दानबहादुर थापा, कुमारी थापा, वेदबहादुर थापा, अम्भबहादुर थापा, तिलबहादुर थापा, देवीराम थापा, ईश्वर थापा, धनबहादुर थापा, भीमबहादुर थापा र नृपबहादुर थापा रहनुभएको छ ।
भेलामा राजमोका वडाअध्यक्ष भीमबहादुर थापाको विशेष उपस्थिती रहेको थियो ।