दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरीका हाम्रो हितको लागि होइन आफ्नै स्वार्थको लागि नेपाल आउन चाहाने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘ अहिले नेपाल प्रती अमेरीकी चासो बढेको छ । एमसीसी र एसपीपी मार्फत अमेरीका नेपालमा आफ्नो बर्चस्व स्थापित गर्न खोजी रहेको छ । सरकारमा बस्ने पार्टीहरु र अरु केही नया पार्टीहरुपनी आफ्नो निहित स्वार्थको लागि राष्ट्रिय स्वाधीनतालाई समाप्त गर्ने अमेरीकी साम्राज्यवादलाई खुला रुपमा प्रवेश गराउन चाहेको छ ।’ नेता आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीलाई इङ्गित गर्दै अहिले विशेष गरि अमेरीकी साम्राज्यवादी योजनालाई सफल गराउन चाहानेहरुको धुर्बीकरण भएको बताउनु भयो ।
अर्को प्रसंगमा आचार्यले देशको सुरक्षा संबेदनसिलता शीत जोडिएको राष्ट्रिय परिचय पत्र बनाउन बिदेशीलाई दिने रास्वपा सभापतिको निर्णय चरम राष्ट्रघाती कदम भएको कुरा बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाले बैशाख ७ गते ‘अमेरीकी साम्राज्यवादको विरोध गरौं ! राष्ट्रिय स्वाधीनताको रक्षा गरौं !!’ भन्ने मुल नारासहित देशव्यापी रुपमा विरोध कार्यक्रम गरेको छ ।
सोही अन्तरगत आज राजमो जिल्ला समिति दाङ देउखुरीले पनि घोराहीमा विरोध कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ जिल्ला सचिव मनिराम खनाल र राजमो जिल्ला सदस्य कृष्णा रानाले पनि गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सदस्य सुशील पोख्रेलले गर्नु भएको थियोे ।