• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एकैदिन तीन सय ७९ स्थानमा डढेलो, यस वर्षकै धेरै


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • भीष्मराज ओझा, काठमाडौं ।
    पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

    Advertisement

    वन तथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार एकैदिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

    नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, २ गते आठ जिल्लाका २८ , ३ गते १२ जिल्लाका ३२ , ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो ।

    नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । पछिल्ला दिनमा दाङ, चितवन, अर्घाखाँची, प्यूठान, सुर्खेतमा बढी वन डढेलो लागेको उहाँले बताउनुभयो । हाल देखिएको डढेलोमा छत्र डढेलो (ठूलो रुखको माथिसम्म हुने आगलागी) सिन्धुली र रामेछापमा मात्र देखिएको छ भने अन्य जिल्लामा देखिएको सतही डढेलो (जमिनमा झारपातमा हुने आगलागी) हो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

    वन डढेलो घटना मानवीय गतिविधिका कारण बढी हुने गरेको छ । स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।

    मानिसको जानाजानीबाट ६४ प्रतिशत डढेलो
    विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको जानकारी दिनुभयो । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ ।

    ठूलोस्तरमा लागेको डढेलो वर्षाको पानी नपरिकन नियन्त्रण हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो । विभागले वन डढेलोको नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । गर्मी मौसम र भौगोलिक विकटता डढेलो नियन्त्रणको मुख्य समस्या बनेको छ ।

    हालसम्म डढेलो धेरै बढेपनि मानव बस्ती, मानवीय र वन्यजन्तु क्षति नभएको उपमहानिर्देशक पुडासैनीले बताउनुभयो । उहाँले भन्नुभयो,‘यस वर्ष समयमै अग्निरेखा निर्माण र सरसफाइ गरेका कारण डढेलो राजमार्गको आसपास देखिएको छैन ।’

    वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि विभागले वन ढडेलो सूचना कक्ष सञ्चालन गरेको छ । कक्षमा रहने टोली खटिइ भौगोलिक सूचना प्रणालीमा आधारित वन डढेलो सूचना प्रणालीमार्फत सबै डिभिजनल वन अधिकृत र वन कर्मचारीलाई चौबिसै घण्टा वन डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

    सशस्त्र वन रक्षक तालिम केन्द्रमा रहेको जनशक्तिलाई चौबिस घण्टा सजग रहि वन डढेलो नियन्त्रण र व्यवस्थापनमा परिचालन हुन निर्देशन दिइएको उपमहानिर्देशक पुडासिैनीले बताउनुभयो ।

    विभागले डिभिजनल वन अधिकृतले बन डडेलो नियन्त्रणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गरी वन डढेलो नियन्त्रणमा सहयोग लिनुहुन, तथा उपभोक्ता समूह तत्काल परिचालन गर्न र उपलब्ध औजार सामग्रीको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाउन देशभर परिपत्र गरेको छ । साथै विभागले यसमा आवश्यक सहयोगका लागि रक्षा र गृह मन्त्रालयलाई पत्राचार गर्नका लागि वन तथा वातावरण मन्त्रालयलाई समेत आग्रह गरेको जनाएको छ ।

    पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् ।

    विगत १४ वर्षसम्म सङ्कलन गरिएको डढेलोका घटनामध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना घटेको पाइएको छ ।

    तथ्याङ्कअनुसार सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । मानिसहरुको जानाजानीबाट ६४ प्रतिशत, लापरवाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञातकारकबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।

    शुक्रबारदेखि नयाँ मौसमी प्रणाली विकासको सङ्केत

    पछिल्लो एक सातादेखि अधिकतम तापक्रम बढेर तराईमा ४० डिग्री सेल्सियस तापक्रम पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा तापक्रम वृद्धि भएसँगै लु समेत चलेको छ ।

    यो तापक्रम बढ्ने बेला भए पनि बिचबिचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा र उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले त्यस्तो नहुँदा तापक्रम लगातार बढिरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अर्कोतिर वर्षाका गतिविधि हुन नसकेका कारण र नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

    आजदेखि सूदूरपश्चिमतिरबाट बाक्लो बादल देखिएकाले भोलिदेखि केही मौसममा त्यसकोे केहीअसर देखिने उहाँले अनुमान गर्नुभयो । ठूलो वर्षा नभए पनि हल्का तथा क्षणिक वर्षा हुनसक्ने उहाँको भनाइ छ ।

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.