काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता विजय चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् । भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले सत्ता र प्रतिपक्षी दलका नेताहरुसँग भेटघाटलाई तीब्रता दिएका छन् ।
मंगलबार उत्तराखण्डबाट धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले काठमाडौं आएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका थिए ।
सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी बुधबार विहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे।
उनले ओलीसँग नेपालको घतलाग्दा गहिरो राजनीतिलगायतको विषयमा छलफल भएको बताएका छन्।
उक्त भेटमा एमाले अध्यक्ष ओलीका सल्लाहकार विष्णु रिमाल पनि सहभागी थिए।