काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
Advertisement
सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
आफ्ना माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन् ।
सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए ।
मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीब्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन् । उनीहरुले समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।