गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वाड नम्बर ४ मा राष्ट्रिय जनमोर्चाको दोस्रो वडाभेला सम्पन्न भएको छ ।
भेलाले अशोक पुनको अध्यक्षतामा वडा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष यमबहादुर थापा, सचिव हस्तराम थापा, सहसचिव मुकान श्रीस र कोषाध्यक्षमा सरिता भण्डारी क्षत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा इन्द्रबहादुर बुढा, मोती पुन, मनोज विक, बोमबहादुर थापा तथा वैकल्पिक सदस्यमा मुना विक, पूर्णबहादुर दर्लामी, मित्रलाल शर्मा रहनुभएको छ । यस्तै, सल्लाहकारमा मेघराज शर्मा, सूर्यबहादुर श्रेष्ठ र सूर्यबहादुर क्षेत्री रहनुभएको छ ।
सूर्यबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन मेघराज शर्मा तथा स्वागत अशोक पुनले गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले गुल्मी जिल्लाका सबै स्थानीय तह वडाहरुको सम्मेलनमा भेला अभियान चलेको जानकारी दिनुभयो। उहाँले वडादेखि पालिका हुँदै जिल्लाहरूको सम्मेलन भेला गठन पुनरगठन शिक्षण देशैभरि सञ्चालन भएको बताउनु भयो ।
नेता क्षेत्रीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता खारेजीका लागि राजमोको नेतृत्वमा अभियान चलेको समेत बताउनुभयो । उहाँले संघीयताले देश टाट पल्टिन लागेको भन्दै खारेजीको विकल्प नरहेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा गुल्मीले जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न स्थानीय तहमा भेला सम्मेलन तथा प्रचारका कार्यक्रमलाई तीब्रता दिएको छ ।