• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महाकाली भारतलाई बुझाउनेहरु एमसीसीमा जनता झुक्याउँदै छन्ः केसी


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताउनु भएको छ । अहिलेसम्म देशको ७१ ठाउंमा सीमा मिचेको भारतको अन्तिम योजना नेपालै कब्जा गर्ने रहेको दावी गर्नुभयो ।

    Advertisement

    पार्टी निकट अखिल नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको सातौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताउनु भयो । उहाँले सत्ता सञ्चालकहरुको कमजोरीका कारण संसारमै जलश्रोतको धनी देशका नेपाली जनाता अहिले भिक मागेर खाने अवस्थामा पुगेको बताउनु भयो ।

    संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्यनका लागि फेरि संघर्ष गर्नुपर्ने बताउनु भयो । विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरुले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताउनु भयो ।

    एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दावी गर्नुभयो । एउटा देशलाई सातवटा देश बनाएकै कारण नेपाली जनता गाई र भैँसीको कर तिर्न बाध्य भएको उल्लेख गर्दै जनताको लागि संघीयता घाँडो भैसकेको नेता केसीको भनाइ छ ।

    विदेशबाट आएको रेमिटान्सने देश चल्न नसक्ने बताउँदै बहुमतको सरकार असफल भएको बताउनु भयो । उहाँले संविधानले दिएको अधिकार जनताले नपाएको बताउँदै महिला अधिकारका लागि संगठित रुपमा आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

    सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले देशमा अझै महिला हत्या हिंसाका घटनामा कमी आउन नसकेको बताउनु भयो । उहाँले संविधानले दिएको अधिकार महिलाहरुले नपाएको उल्लेख गर्दै सम्पतिमा समान अधिकार प्राप्ती र महिला हिंसा अन्त्यका लागि सशक्त आन्दोलन आवश्यक पर्ने बताउनु भयो ।

    कार्यक्रममा शुभकामना दिँदै नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले समान अधिकार र राष्ट्रियताको रक्षाका महिला आन्दोलन आवश्यक रहेको बताउनु भयो । महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने उहँले बताउनु भयो ।

    कार्यक्रममा प्रदेश सांसद पियारी थापा, तारा जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का उपाध्यक्ष लोकराज भुसाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, पत्रकार प्रकाश थापा, शरिता जीसी, लक्ष्मी बास्कोटा, रुकबहादुर पराजुली,अखिल (छैठौ)का महासचिव महेश जोशी, लक्ष्मणदेव पाण्डे, ढुण्डिराज शर्मा, जातिय समता समाजका अध्यक्ष दिलबहादुर बिक,अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा लगायतले शुभकाना व्यक्त गर्नुभएको थियो । संघकी अध्यक्ष तथा सभासद् मिना पुनको अध्यक्षता र सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलन उद्घाटन अगाडी बुटवलमा -याली निकालिएको थियो ।

    सम्मेलनमा ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको अध्यक्ष मिना पुनले जानकारी दिनुभयो ।

     

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.