• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

महाकाली भारतलाई बुझाउनेहरु एमसीसीमा जनता झुक्याउँदै छन्ः केसी


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कब्जा गर्ने भारतको योजना रहेको बताउनु भएको छ । अहिलेसम्म देशको ७१ ठाउंमा सीमा मिचेको भारतको अन्तिम योजना नेपालै कब्जा गर्ने रहेको दावी गर्नुभयो ।

    Advertisement

    पार्टी निकट अखिल नेपाल महिला संघको शुक्रबारदेखि बुटवलमा शुरु भएको सातौं राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालका ठूला नदीनाला भारतले कब्जा गरिसकेको बताउनु भयो । उहाँले सत्ता सञ्चालकहरुको कमजोरीका कारण संसारमै जलश्रोतको धनी देशका नेपाली जनाता अहिले भिक मागेर खाने अवस्थामा पुगेको बताउनु भयो ।

    संविधान कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्यनका लागि फेरि संघर्ष गर्नुपर्ने बताउनु भयो । विकासको नाममा सरकारले एमसीसी ल्याएर जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै हिजो महाकाली सम्झौता गरेकाहरुले अहिले एमसीसी ल्याएर जनतालाई झुक्काउन लागेको बताउनु भयो ।

    एमसीसी नेपालको हितमा नभएको उल्लेख गर्दै अमेरिकाले सहयोगको नाममा एमसीसी भित्राएर नेपालमा अमेरिकी सेनाको अखडा बनाउन खोजेको दावी गर्नुभयो । एउटा देशलाई सातवटा देश बनाएकै कारण नेपाली जनता गाई र भैँसीको कर तिर्न बाध्य भएको उल्लेख गर्दै जनताको लागि संघीयता घाँडो भैसकेको नेता केसीको भनाइ छ ।

    विदेशबाट आएको रेमिटान्सने देश चल्न नसक्ने बताउँदै बहुमतको सरकार असफल भएको बताउनु भयो । उहाँले संविधानले दिएको अधिकार जनताले नपाएको बताउँदै महिला अधिकारका लागि संगठित रुपमा आन्दोलन आवश्यक रहेको बताउनु भयो ।

    सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले देशमा अझै महिला हत्या हिंसाका घटनामा कमी आउन नसकेको बताउनु भयो । उहाँले संविधानले दिएको अधिकार महिलाहरुले नपाएको उल्लेख गर्दै सम्पतिमा समान अधिकार प्राप्ती र महिला हिंसा अन्त्यका लागि सशक्त आन्दोलन आवश्यक पर्ने बताउनु भयो ।

    कार्यक्रममा शुभकामना दिँदै नेपाल कम्युनिष्ट पार्टी (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले समान अधिकार र राष्ट्रियताको रक्षाका महिला आन्दोलन आवश्यक रहेको बताउनु भयो । महिलामाथि भइरहेका सबै प्रकारका विभेदको अन्त र महिलाहरूलाई आर्थिक, राजनीतिक, सामाजिक लगायतका हरेक क्षेत्रमा पुरूष सरह समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने उहँले बताउनु भयो ।

    कार्यक्रममा प्रदेश सांसद पियारी थापा, तारा जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक)का उपाध्यक्ष लोकराज भुसाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, पत्रकार प्रकाश थापा, शरिता जीसी, लक्ष्मी बास्कोटा, रुकबहादुर पराजुली,अखिल (छैठौ)का महासचिव महेश जोशी, लक्ष्मणदेव पाण्डे, ढुण्डिराज शर्मा, जातिय समता समाजका अध्यक्ष दिलबहादुर बिक,अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा लगायतले शुभकाना व्यक्त गर्नुभएको थियो । संघकी अध्यक्ष तथा सभासद् मिना पुनको अध्यक्षता र सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलन उद्घाटन अगाडी बुटवलमा -याली निकालिएको थियो ।

    सम्मेलनमा ४ सय प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहको अध्यक्ष मिना पुनले जानकारी दिनुभयो ।

     

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.