गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ७ भुर्तुङमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले विनोद गिरीको अध्यक्षतामा वडा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण पुन, सचिव धनमाया घले, सहसचिव विपुला पुन र कोषाध्यक्षमा मनमाया घले चयन हुनुभएको छ ।
सदस्यहरुमा राजु थापा, कल्पना पुन, थम्मन नेपाली र सावित्रा गिरी चयन हुनुभएको छ । भने वैकल्पिक सदस्यमा दुर्गा कार्की रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।
भेलाले अस्मिता पुन, टेकबहादुर कार्की र ईश्वरी कार्कीलाई सल्लाहकार चयन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले जनताले लडेर ल्याएको गणतन्त्रलाई सत्ता हाँक्नेहरुको स्वार्थका कारण धरापमा परेको बताउनुभयो । उहाँले संघीयताले मुलुकलाई कंगाल बनाएको हुँदा संघीयता खारेज गर्नुपर्ने बताउनुभयो ।
विनोद गिरीको अध्यक्षता र किरण पुनको सञ्चालनमा अघि बढेको भेलामा स्वागत धनमाया घलेले गर्नुभएको थियो । कार्यक्रममा राजमो कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सूर्यबहादुर क्षेत्री र शिक्षक नेता राहुल पुनकोसमेत उपस्थिती थियो ।
राजमो गुल्मीको जिल्ला सम्मेलन आगामी वैशाख २९ र ३० गते हुँदैछ । जिल्ला सम्मेलनको तयारीका क्रममा विभिन्न पालिका र वडातहमा भेला तथा सम्मेलन भइरहेको छ ।
राजमो गुल्मीको जिल्ला सम्मेलन वैशाख २९ र ३० गते