काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिएपछि स्थानीय बासिन्दा भागडौडको क्रममा केही घाइते भएका छन् ।
Advertisement
भासिएपछि केही घरहरु क्षतिग्रस्त भएका छन् भने केहीको एकतला जति भासिएको छ ।
त्यसठाउँमा अर्पाटमेन्ट बनाउँदा आफूहरुसँग अनुमति नलिई बनाउन सुरु गरेको स्थानीयबासिन्दाको भनाई छ ।

्ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन ।
शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।