• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनताले रगतसँग साटेर ल्याएको परिवर्तनमाथि प्रतिगामी हमला बढ्यो : पुरी (फोटो)


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जनताले रगतसँग साटेर ल्याएका उपलब्धि उल्ट्याउन षडयन्त्र भइरहेको बताउनुभएको छ ।

    Advertisement

    चैत २४ गतेका अवसरमा शुक्रबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको जनआन्दोन दिवसको कार्यक्रममा बोल्दै प्रवक्ता पुरीले २०६२÷०६३ सालको जनआन्दोलनका उपलब्धि गुम्ने खतरा बढेको बताउनुभयो ।

    पुरीले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन राजावादीहरु फेरि सक्रिय हुन थालेकोमा सचेत गराउनुभयो । ‘जनताले रगतसँग साटेर ल्याएको परिवर्तनमाथि विदेशी शक्तिले समेत आँखा गाडिरहेका छन्’ प्रवक्ता पुरीले भन्नुभयो, ‘एकातिर देशभित्रैका प्रतिगामी तत्व र अर्कातिर विदेशी साम्राज्यवादीबाट समेत नेपालको परिवर्तन विरुद्ध हमला भइरहेको छ ।’

    उहाँले संघीयताका कारण मुलुकको अर्थतन्त्रसँगै राष्ट्रियता पनि खतरामा परेकोले खारेजीको गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय सभा सदस्य राजेश विकले सत्तासीन दलहरुकै कारण जनताले कठिन संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताउनुभयो । उहाँले मिटरब्याज पीडितको समस्याप्रति सरकार जिम्मेवार हुन नसकेको आरोप पनि लगाउनुभयो ।

    कार्यक्रममा बोल्दै अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का महासचिव लक्षमणदेव पाण्डेले ऐतिहासिक जनआन्दोलनको उठानबारे स्मरण गर्नुभयो । उहाँले परिवर्तनका हरेक आन्दोलनमा राष्ट्रिय जनमोर्चाले खेलेको भूमिकाबारे स्पष्ट पार्नुभयो । हाल गणतन्त्र रक्षाका लागि राजमोले लिएको नीति २०४६ र ०६२/६३ सालकै स्प्रिट रहेको बताउनु भयो ।

    कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सदस्य पुरन पोख्रेलले जनआन्दोलनमा बाँडिएका सपनालाई सत्तासिन दलहरूले छोडेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

    युवा विद्यार्थी, किसान, मजदुर, महिला वर्गको हितमा सत्तासिन दलहरू गैरजिम्मेवार बनेका कारण गणतन्त्रमाथि खतरा बढिरहेको बताउनुभयो । गणतन्त्रप्राप्ति पछि पनि जनताले अधिकार प्राप्तिको लागि लडिरहनु पर्ने बिडम्बनाविरुद्ध समेत आफूहरुले निरन्तर संघर्षरत रहने बताउनुभयो । उहाँले शहिद, घाइते, बेपत्ता र आन्दोलनमा सरिक सबैको उचित सम्मान र व्यबस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला समितिको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा सो कार्यक्रम भएको हो । राजमो जिल्ला अध्यक्ष झबिन्द्र बेलवासेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव छवि खनालले गर्नुभएको थियो भने स्वागत अखिल नेपाल महिला संघका कोषाध्यक्ष रितु केसीले गर्नुभएको थियो।

    नेकपा (मसाल) ले २०४६ साल चैत २४ गते जनआन्दोलन उत्कर्षमा पुगेको स्मृतिमा हरेक वर्ष चैत २४ लाई जनआन्दोलन दिनवसका रुपमा मनाउने गर्दछ । कार्यक्रमको बिच बिचमा रक्तिम सा‌स्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

    जनआन्दोलन दिवसका अवसरमा आज जनमोर्चाले विभिन्न जिल्लामा कार्यक्रम गरेको छ ।

     

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.