काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाद्वारा रचना संगीत गरिएको नयाँ कौडा गीत सार्वजनिक भएको छ ।‘गणतन्त्र झुल्कियो जनताको तागतले, जोगाउनु छ कुनै हालतले’ बोलको सुमधुर कौडा गीतको अडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।
Advertisement
गीतको रचना तथा संगीत रक्तिमका अध्यक्ष रेम रानाले गर्नुभएको छ । गीतमा कलाकार नवीन बस्याल र शन्ध्या सुनारको स्वर छ । संगीत संयोजन सौगत साएरले गर्नुभएको छ ।
सुनरिहूँ लाग्ने रक्तिमको कौडा गीत चाँडै नै जनजिब्रोमा झुण्डिने खालको छ भने गीतले गणतन्त्र र राष्ट्रियता रक्षाका लागि सन्देशसमेत दिएको छ । गीतको म्युजिक भिडियो छिट्टै तयार पारेर बजारमा ल्याउने अध्यक्ष रानाले युगदर्शनलाई बताउनुभयो ।
https://www.youtube.com/watch?v=M8lpAYaM9nA&feature=share&fbclid=IwAR11q_qqMV9cmqGA6KnjhfjjkWzaLz4x2bsNMxCqHfGMdqix8DO5dQdzldQ