काठमाडौं । सरकारले पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न निर्देशन दिएको छ ।
Advertisement
गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो।
सर्कुलरमा एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता आमाको नाम थरबाट गर्न भनिएको छ ।
विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने सरकारको निर्देशनमा उल्लेख छ ।
त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ। बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत भनिएको छ ।
