विराटनगर। प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
Advertisement
बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो ।
अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालले बताए । उनले कल्पना लिम्बूको नामको परीक्षा दिइरहेकी थिइन् ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं–००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेकी उनीमाथि अनुसन्धान भइरहेको छ ।