खलङ्गा । प्युठान नौबहिनी गाउँपालिकाको वडा नं. २ र ३ मा राष्ट्रिय जनमोर्चाको भेला २०७९ चैत १९ गते आइतबार सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य नारायण जिसीको प्रमुख आतिथ्यमा अगाडि बढेको उक्त भेलाको अध्यक्षता राजमो पालिका सदस्य तथा वडा नं. २ र ३ संयुक्त वडासमितिका अध्यक्ष छविलाल श्रीसमगरले गर्नुभएको थियो ।
भेलाले छविलाल श्रीसमगर अध्यक्ष रहनुभएको नौ पूर्ण, दुई वैकल्पिक र तीन सल्लाहकारसहित १४ सदस्यीय राजमो ३ नं. वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रोमबहादुर घर्तिमगर, सचिवमा रमिता घर्तिमगर, सहसचिवमा जीवा श्रीसमगर र कोषाध्यक्षमा लुद्र घर्तिमगर (क) रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा रमिता घर्तिममगर, जीवन घर्तिमगर, नमी श्रीसमगर, बुद्ध घर्ती, लोकबहादुर घर्तिमगर, सुभाष घर्तिमगर र लुद्र घर्तिमगर (ख) रहनुभएको छ ।
भेलाले बेगम पुन, रिमा घर्तिमगर र समुन्द्र पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
त्यस्तै, राजमो केन्द्रीय सदस्य नारायण जिसीको आतिथ्य तथा राजमो पालिका समितिका सदस्य छवि श्रीसमगरकै अध्यक्षता वडा नं. २ लिघामा राजमोको प्रथम वडाभेला सम्पन्न भएको छ ।
भेलाले जेमबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भीमबहादुर पुन, सचिवमा दीपक थापा, कोषाध्यक्षमा पुर्ना पुन र सदस्यहरूमा टिकबहादुर थापा, सङ्गिता थापा र कुमान थापा रहनुभएको छ ।