काठमाडौं । आईसीसी विश्वकप लिग २ मा सानदार प्रर्दशन गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्याएको राष्ट्रिय क्रिकेट टोलीका पाँच सदस्य सम्मानित भएका छन् ।
Advertisement
काठमाडौंको फिनिक्स कलेज अफ म्यानेजमेन्टले ती खेलाडीलाई सम्मान गरेको हो ।
कलेजले बिहिबार एक कार्यक्रम गर्दै राष्ट्रिय टोलीका ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई सम्मान गरेको हो ।
खेलाडीहरुलाई कलेजका प्राचार्य प्रा. डा. फत्त बहादुर केसी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दोसल्ला, प्रशंसा पत्र र नगद ५० हजार रुपैयाँले सम्मान गर्नुभयो ।
पाँचै जना क्रिकेटर फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत छन्।