कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले संघीयता खारेजीको माग गर्दै जिल्लाका चार ठाउँमा विरोध सभा गरेको छ ।
बुधबार वाणगंगाको गजेदामा भएको विरोध सभालाई राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामप्रसाद बेल्बासेले गर्नु भएको थियो ।
त्यस्तै, शिवराज नगरपालिकाको खरेन्द्रपुरमा भएको कार्यक्रममा राजमो जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै र राजमो जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन प्रकाश विकले गर्नु भएको थियो ।
यता, कृष्णनगर नगरपालिकाको बहादुरगञ्जमा भएको विरोध कार्यक्रमलाई अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्द बहादुर केसीले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन प्रकाश विकले गर्नु भएको थियो ।
यसैगरी, विजयनगर गाउँपालिकाको चार नम्बरमा भएको कोणसभालाई जातीय समता समाजका केन्द्रीय सल्लाहकार तथा कपिलवस्तु जिल्ला अध्यक्ष दिल बहादुर विकले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो विजयनगर नगरपालिका अध्यक्ष गोविन्द परियारले गर्नु भएको थियो ।
राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णयबमोजिम कपिलवस्तुमा पनि विभिन्न स्थानमा प्रदर्शन गरिएको हो ।