काठमाडौं । अमेरिकी सेनाले नेपाली सेनालाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
Advertisement
दुई देशका सेनाबीच काठमाडौंमा तीन दिनसम्म चलेको छलफलमा अमेरिकी सेनाले पूर्ववत सहयोगलाई निरन्तरता दिने जनाएको हो ।
दुई देशका सेनाबीच मानवीय सहायता, तथा विपद उद्धार, शान्तिक कार्य संचालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहकार्य गर्दै आएका छन् ।
जंगी अड्डामा भएको छलफलमा अमेरिकी सेनाका प्यासिफिक कमाण्डका डिपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए ।
अमेरिकी टोलीका २२ जना र नेपाली टोलीबाट परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ जना सहभागी थिए।
यस्तो संवादले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विश्वास नेपाली सेनाको छ। अर्को वर्षको बैठक २०२४ मार्चमा अमेरिकामा हुनेछ ।