काठमाडौं । राष्ट्रिय जनमोर्चाको एक महिने संठनात्मक अभियान देशभर शुरु भएको छ । काठमाडौंमा अध्यक्ष चित्रबहादुर केसीले नव प्रवेशीलाई पार्टीको सदस्यता प्रदान गरी अभियानको शुभारम्भ गर्नुभयो ।
चन्द्रागिरि नगरपालिकामा भएको उद्घाटन समारोहका अवसरमा विभिन्न पार्टी परित्याग गरी युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । त्यसक्रममा अध्यक्ष केसीले सयौं जनालाई राजमोको सदस्यता वितरण गर्नुभयो ।
कार्यक्रममा केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताउनुभयो ।
अध्यक्ष केसीले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाले आजबाट एक महिना देशभर संगठन विस्तार अभियान सुरु गरेको हो ।
याे पनि पढ्नुहाेस्: राजमोको संगठन निर्माण अभियान काठमाडौंमा सुरु


फोटोः छवि खनाल