• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जेलभित्रका आन्दोलन तथा दमन र कुटपिट

"सङ्क्षिप्त संस्मरण–७ "

  •   बुधबार, चैत १५, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    दरभङ्गा प्लेनममा करिब एक महिनाको तीव्र सङ्घर्षपछि संविधान सभा र अन्तरिम सरकारको मेरो प्रस्ताव अत्यधिक बहुमतले पारित भयो । मेरो प्रस्तावको पक्षमा करिब २८ मतजति आए भने पुष्पलालको विघटित संसद् पुर्नस्थापनको पक्षमा ८ मतजति र केशरजङ्ग रायमाझीको संसदीय प्रणालीको पुनस्र्थापनाको पक्षमा १८ भोटजति प्राप्त भएका थियो । यो कुरा बेग्लै हो कि मेरो प्रस्तावको पक्षमा अत्यधिक बहुमत आए पनि केन्द्रीय कमिटीले त्यसलाई अस्वीकार गरेको थियो ।

    Advertisement

    दरभङ्गा प्लेनमको बेलामा हामीलाई यो थाह भएको थियो कि रायमाझी राति राति राजाका दूत दामोदर शमशेरसित भेट गर्न जान्छन् । त्यो थाह पाएपछि प्लेनममा मैले रायमाझीमाथि कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ । प्लेनमको अध्यक्षता तुल्सीलालले गरिरहनु भएको थियो । मैले रायमाझीमाथि कारबाही गर्ने प्रस्ताव राखेपछि तुल्सीलाल मञ्चमा नै पार्टी फुट्ने भयो भनेर ग्वाँ ग्वाँ गरेर रुन थाल्नुभयो । त्यसपछि मेरो प्रस्तावमा कुनै छलफल गरिएन । यदि त्यही बेला हामीले माझीमाथि कारबाही गर्न सकेको भए—त्यो बेला त्यसका लागि पर्याप्त बहुमत पनि थियो—पछि उनीद्वारा पार्टीलाई जति क्षति पुग्यो, त्यसबाट बच्न सकिन्थ्यो । जे होस्, त्यो बेला माझीलाई महामन्त्री पदबाट हटाएर तीन जना केशरजङ्ग रायमाझी, शम्भुराम र का. डिपी अधिकारीसहित तीन जनाको सेक्रेटरियट बन्यो (तीन जनामध्येमा एउटा डिपी अधिकारी हुनुहुन्थ्यो वा कमल शाह ? अहिले मलाई त्यसबारे राम्ररी सम्झना छैन) ।

    छिट्टै रायमाझी राजासित मिलेको कुरा थाह भयो । त्यो बेला शम्भुराम, तुल्सीलाल, भरतमोहन अधिकारी र म दरभङ्गामा नै थियौँ । हामीले रायमाझीको बहुमत भएको नेतृत्वका विरुद्ध विद्रोह गरेर तेस्रो महाधिवशेन गर्नुपर्छ भन्ने सल्लाह गर्‍यौँ । त्यसबारे सल्लाह गर्न म भूमिगत प्रकारले काठमाडौँ गए र त्यहाँ मैले पुष्पलाल र का. हिक्मत सिंहसित भेट गरेँ । त्यो बेला विभिन्न प्रदेशमा जोन कमिटी बनेका थिए । तिनीहरूको भेला गरेर तेस्रो महाधिवेशन गर्ने सल्लाह भयो ।

    जोन कमिटीहरूको भेलाको तयारीका लागि शक्ति लम्साल र म अर्घाखाँची र प्युठानतिर गयौँ । फर्कंदा तौलिहवामा का. खिमानसिंह गुरुङसहित हामी तीनै जना गिरफ्तार भयौँ । जेलयात्राका सिलसिलामा हामीले कैयौँ ठाउँमा कडा सङ्घर्ष गर्नुपर्‍यो र त्यस सिलसिलामा कतिपय दमन र कुटपिट गर्ने काम पनि गरिएका थिए ।

    त्यो बेला प्युठानको भ्रष्टाचार विरोधी संयुक्त आन्दोलनको सिलसिलामा हामीहरू छ जनालाई पक्रेर प्युठान जेलमा राखिएको थियो । त्यो बेला हामीलाई राजद्रोहको मुद्दा लगाइएको थियो र हामीलाई राजबन्दीलाई दिइने क श्रेणीको सिधा दिनुपर्नेमा ख श्रेणीको सिधा दिइएको थियो । हामीले क श्रेणीको सिधाको माग गर्दै ख श्रेणीको सिधा लिन अस्वीकार गरेका थियौँ । अन्तमा त्यो बेलाको हाम्रो करिब डेढ वर्षको जेलजीवनको बेलामा हामी सबैलाई कहिले क श्रेणीको सिधा दिइएन र जेलबाट छुट्दासम्म हामीहरू बिनासिधा नै बस्नुपरेको थियो । हामीले आफ्नो खाने व्यवस्था बाहिर, घरपरिवार वा साथीहरूको सहयोगबाट गर्नुपरेको थियो । हामीले क श्रेणीको सिधा माग गरेर आन्दोलन गरेपछि का. खगुलाल गुरुङ, नेपाली काङ्ग्रेसका हेमराज पण्डित र मसमेतलाई पाल्पा जेलमा चलान गरिएको थियो ।

    पाल्पा जेलमा बन्दीमाथि धेरै अनियमितता र अन्याय हुन्थे । त्यसैले हामीले त्यहाँ बन्दीहरूका कैयौँ माग राखेर सङ्घर्ष गर्न थाल्यौँ । हामीले पाल्पा जेलका बन्दीहरूका माग राखेर जेलर र बडाहाकिमकहाँ समेत लेखेर पठायौँ । जेलर प्रायश: अत्यन्त कम नै जेलमा आउने गर्थे । हामीले आफ्ना माग लेखेर पठाएपछि उनी जेलमा आए र खगुलाल र मलाई बाहिर निकालेर हामी दुबै जनाका तिघ्रामा कोर्रा हान्न पठाए । त्यसपछि हामीले भूमिगत रूपले पाल्पा जेलका बन्दीहरूलाई सङ्गठित गर्न थाल्यौँ र त्यही क्रममा पाल्पा जेलबन्दी सङ्घ पनि गठन भयो । त्यसको एउटा भेला पनि भयो (त्यो भेलाले पारित गरेको प्रतिवेदन ‘चार दशक’ को दोस्रो भागमा प्रकाशित भएको छ ।) त्यही अवधिमा हामीले भूमिगत प्रकारले ‘नोभेम्बर क्रान्ति’ दिवस पनि मनाएका थियौँ । (मेरो ‘नोभेम्बर क्रान्तिको महत्त्व’ शीर्षकले प्रकाशित पुस्तिकामा पाल्पा जेलमा मनाइएको त्यो कार्यक्रमको चर्चा गरिएको छ) ।

    केही महिनापछि हामीले पुन: बन्दीका मागबारे एउटा निवेदन लेखेर बडाहाकिम र जेलरकहाँ पठायौँ । त्यसपछि पहिले जस्तै जेलर पुन: जेलमा आए र हामी दुबै जना, खगुलाल र मलाई जेलबाहिर बोलाए । हामीले पहिले नै यो सल्लाह गरेका थियौँ : ‘हामी दुबै जनालाई बाहिर बोलाए पनि म मात्र बाहिर जाने र उनले मलाई कोर्रा हान्न लगाएपछि मैले पनि जुत्ता फुकालेर उनलाई हान्ने । त्यसपछि जेलभित्र जुलुस प्रर्दशन गर्ने ।’

    आखिरमा हामीले सोचे जस्तै भयो । उनले हामी दुबै जनालाई बाहिर बोलाए तर म मात्र बाहिर गएँ । आउनेबित्तिकै उनले मलाई कोर्रा हान्न लगाए । पुलिसहरूले कोर्रा हान्न सुरु गर्नेबित्तिकै मैले जुत्ता हातमा लिएर जेलरको टाउकोमा हानेँ । त्यसपछि सबै पुलिसहरूले लातमुक्का र लाठीले मलाई पिट्न थाले । त्यो कार्यका विरुद्ध बन्दीहरूले चर्काे स्वरमा जुलुसनारा लगाए । त्यो स्वर सुनेर पाल्पाका हाम्रा कैयौँ साथी र पत्रकार पनि दगुर्दै जेलमा आए । त्यसरी पाल्पा जेलको त्यो दमनकारी कार्यका विरुद्ध राष्ट्रिय स्तरमा नै धेरै पत्रपत्रिकाले लेखे । त्यसपछि हामीमाथि बढी दमन गर्ने काम गरिएन ।

    पछि हामीलाई पाल्पाबाट प्युठान चलान गरियो र त्यहाँ भएका तीन जना साथीहरूसहित छ जनालाई नै सल्यान जेलमा चलान गरियो । त्यो जेलमा करिब एक महिना बसेपछि हामीलाई तारिखमा छोडियो र पछि त्यो मुद्दालाई खारेज गरियो ।

    हामीहरू तौलिहवा जेलमा गिरफ्तार भएको कुराको माथि नै चर्चा गरिएको छ । त्यहाँ शक्ति लम्साल र म पहिले गिरफ्तार भयौँ र अर्को दिन बिहान सिमानसिंह गुरुङ गिरफ्तार हुनुभयो । हामीलाई गिरफ्तार गर्नेबित्तिकै पुलिसले हामीलाई थानामा लगे र एउटा केटालाई हाम्रा विरुद्ध यो रिपोर्ट गर्न लगाए : ‘यी मान्छेहरूले हिजो सुपाखोलामा मेरो हुलाक लुटेका हुन् ।’ त्यो एकदम झुटो र बनावटी उजुरी थियो । त्यसरी पुलिसले हामीलाई त्यही हुलाक लुटेको मुद्दामा गिरफ्तार गर्न र मुद्दा चलाउन खोजेको कुरा प्रष्ट थियो तर संयोगले त्यो बेला तौलिहवाको बडाहाकिममा कृतिबहादुर विष्ट हुनुहुन्थ्यो । उहाँ रत्नबहादुर विष्टको भाइ हुनुहुन्थ्यो । रत्नबहादुर विष्टसँग बुबाको राम्रो परिचय र मित्रता थियो र त्यो कुरा उहाँको भाइलाई पनि थाहा थियो । म खिमविक्रमको छोरा भन्ने थाह पाएपछि उहाँले हामीप्रति अत्यन्त मैत्रिपूर्ण व्यवहार गर्न थाल्नुभयो । उहाँले हामीलाई दिउँसो थानामा पठाउनुहुन्थ्यो भने राति आफ्नो निवासमा बोलाएर खाना खुवाउनुहुन्थ्यो र राति अबेलासम्म हामीसित कुरा गरिरहनुहुन्थ्यो र हामीलाई यो सम्झाउने प्रयत्न गर्नुहुन्थ्यो : ‘तपाईहरूले राजा र व्यवस्थालाई मान्छौँ भनेर लेख्नुपर्दैन तर संविधान मानेर शान्तिपूर्वक बस्छु भनेर मात्र कागज गरिदिए हुन्छ । त्यसपछि तपाईंहरूलाई मैले छाडिदिन्छु ।’

    उहाँले करिब १०/१२ दिनसम्म हामीलाई त्यसरी नै सम्झाउने प्रयत्न गरिरहनु भयो तर हामीले त्यो कुरा मान्ने कुरा भएन र मानेनौँ पनि । त्यसपछि उहाँले सुरक्षा कानुनअन्तर्गत जेल पठाइदिनुभयो । पछि उहाँ कतै सरुवा भएर जानुभयो । त्यो बेला जेल, अदालतका न्यायाधीश मातहत हुन्थ्यो र सायद अहिले पनि त्यही व्यवस्था होला ।
    हामीले जेलमा सुधारका लागि कैयौँ काम गर्न थाल्यौँ । त्यहाँ एउटा बगैँचा निर्माण गर्‍यौँ । बन्दीहरूलाई पढाउने काम पनि गर्न थाल्यौँ ।

    ती सबै कुराको समाचार न्यायाधीशलाई पुगे छ र उनले एक दिन आएर हामीलाई भने : ‘तपाईंहरूले जेलमा अशान्ति मच्चाउन थाल्नुभएछ ।’

    हामीले भन्यौँ : ‘जेलमा बगैँचा लगाउने, सरसफाइ गर्ने वा बन्दीलाई शिक्षा दिने काम अशान्ति मच्चाएको हुन्छ ?’

    उनले भने : ‘जेलभित्र शान्तिसित बस्नुपर्छ । यस्ता काम गर्न पाइन्न ।’

    उनको त्यो भनाइको हामीले चर्काे विरोध गर्‍यौँ । त्यसपछि उनले पुलिसलाई मेरो हातमा हतकडी लगाउन भने । पुलिसहरूले हतकडी लगाइसकेपछि उनले मलाई हातले टाउकोमा हाने । त्यसपछि मैले पनि उनलाई हतकडी लगाएको हातले हानेँ । हतकडी लगाएको हातले हानेपछि उनी रनाह परे । उनले मलाई एउटा कोठामा एक्लै थुन्नू भनेर आदेश दिएर गए । म १ महिनासम्म एक्लै कोठामा बस्नुपर्‍यो । त्यसपछि उनले मलाई भैरहवाको जेलचलान गरेर पठाइदिए ।

    भैरहवामा हामीहरू करिब एक वर्षजति बस्यौँ । त्यहाँ राजबन्दीका लागि बेग्लै कोठा थियो र अन्य बन्दीसित हाम्रो सम्पर्क हुन पाउँदैनथ्यो । त्यही भैरहवा जेलमा भएको बेला एस.पी. चिन्तबहादुर मलाई भेट्न आउनुभयो । त्यो बेला वी.पी., गणेशमानसहित धेरै राजबन्दी कागज गरेर छुटेका थिए । चिन्तबहादुरले मलाई पनि त्यसरी नै छुट्नका लागि धेरै नै जोड दिनुभयो तर मैले मानिनँ । त्यसको केही दिनपछि मलाई भैरहवाबाट काठमाडौँ जेलचलान गरियो र सेन्ट्रल जेलमा राखियो ।

    काठमाडौँ जेलमा नाइकेहरूले धेरै नै अनियमितता वा अन्याय गर्दथे । हामीले त्यहाँ पनि त्यस प्रकारका अन्यायका विरुद्ध सङ्घर्ष गर्न थाल्यौँ । हामीले त्यो आन्दोलनको सिलसिलामा भित्र आउने गेट पनि बन्द गरिदियौँ । त्यसपछि काठमाडौँ, ललितपुर र भक्तपुरका करिब १२ सय पुलिस र सेना ल्याएर हामीमाथि दमन गरियो । त्यसपछि मलाई हनुमानढोकाको पुलिस हिरासतमा पठाइयो र त्यहाँ मेरो पैतलामा कोर्रा लागाइयो । त्यसपछि सुरक्षा कानुनअन्तर्गत मलाई नख्खु जेलमा पठाइयो र पछि डिल्लीबजारको खोर र भद्रगोल जेलमा राखियो ।

    भद्रगोल जेलमा भएको बेलामा एक दिन मलाई सबै सामान लिएर बाहिर आउन भनियो तर बाहिर गएपछि मलाई शान्तिपूर्ण प्रकारले बस्ने छु भनेर कागजमा सही गर्न भनियो । मैले त्यो कुरा स्वीकार नगरेपछि मलाई पुन: जेलभित्र नै पठाइयो ।

    पछि सरकारले मनमोहन अधिकारी र शम्भुरामलाई पञ्चायती व्यवस्था ‘जीवित सत्य’ भन्ने वक्तव्य दिएर जेलमुक्त गरियो । मनमोहनजीले मलाई पनि त्यसरी छुट्नका लागि धेरै जोड गर्नुभएको थियो तर मैले त्यो कुरा स्वीकार गरिनँ (‘चार दशक’ को दोस्रो भागमा त्यो बेला मैले मनमोहनलाई लेखेका सबै चिठी दिएको छु) ।

    अन्तमा कागज गरेर वा माफी मागेर नछुटेका व्यक्तिमा हामी तीन जना मात्र थियौँ : गिरिजाप्रसाद कोइराला, केशवप्रसाद भटराई र म । पछि गिरिजाप्रसादलाई स्वास्थ्यको ग्राउन्डमा मुक्त गरियो भने केशवप्रसाद भट्टराईलाई बिनासर्त मुक्त गरियो । त्यसको केही समयपछि मलाई पनि बिनासर्त जेलमुक्त गरियो ।

    बुधबार, चैत १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.