काठमाडौं । नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
नेपालले भुटानविरुद्ध अन्तिम समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको हो । मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा हेडबाट गोल गर्दै फाइनल यात्रा तय गराएका हुन्।
नेपालका लागि दीपकराजको यो डेब्यु गोल पनि हो। यो गोलसँगै नेपालले अब थ्री नेसन्स कपको फाइनलमा लाओससँग भिड्ने भएको छ।
खेलको २० औँ मिनेटमा दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए।