काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार गृह मन्त्रालयमा एक समारोहकाबीच गृहसचिव विनोद प्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्नप्रदान गर्नुभएकबो हो ।
Advertisement
दर्ज्यानी चिह्न प्रदान गरिएपछि कुँवरलाई नेपाली सेनाका बलाध्यक्ष रथि सीताराम खड्का र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितले बधाई दिनुभयो ।
कुँवरलाई सरकारले गत शुक्रबार महानिरीक्षकमा नियुक्त गरेको थियो। शनिबारबाटै कार्यकाल सुरु भए पनि बिदा भएका कारण आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
सरकारले पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपीमा नियुक्त गरेसँगै प्रहरीमा यसअघि जस्तो विवाद देखिएको छैन।