• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा (मसाल) को राजनीतिक प्रतिवेदन


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • (२०७९ फागुन २९ र ३० गते सम्पन्न केन्द्रीय समिति बैठकमा महामन्त्री का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत तथा पारित)

    Advertisement

    कामरेड्स,
    अहिले हुन थालिरहेको केन्द्रीय समितिको यो बैठकमा उपस्थित सबै कामरेडहरूलाई हामीले सादर अभिनन्दन गर्न चाहन्छौँ ।

    १. अहिले हुन थालिरहेको केन्द्रीय समितिको यो बैठक देशमा विद्यमान प्रतिगमनको गम्भीर खतरा र त्यसका विरुद्ध कडा सङ्घर्षको पृष्ठभूमिमा नै भइरहेको छ । नेपालमा गणतन्त्रको स्थापना भएदेखि नै राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध सङ्गठित रूपले अभियान चलाउँदै आएका छन् । ओलीले संसद्को विघटन गरेदेखि प्रतिगमनको नेतृत्व उनले गर्दै आएका छन् । पाँचदलीय गठबन्धन वा पाँचदलीय तालमेलको कारणले हामी प्रतिगमनमाथि बारम्बार विजय प्राप्त गर्न सफल भएका थियौँ । प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा पनि पाँचदलीय चुनावी तालमेलका कारणले हामी एमालेलाई बहुमतमा आउनबाट रोक्न सफल भयौँ तर स्वयम् गठबन्धनभित्रका कतिपय कमजोरी, खास गरेर पाँचदलीय चुनावी तालमेलसित सम्बन्धित कतिपय पक्षले एमालेलाई समर्थन नगर्ने घोषित नीतिका बाबजुद त्यसलाई समर्थन गरेकाले वा माओवादी र नेकाका कतिपय पक्षले आफ्नै पार्टीका उम्मेदवारलाई पनि हराउने नीति अपनाएकोले पाँचदलीय गठबन्धनलाई बहुमत प्राप्त हुन सकेको थिएन । आज देशमा जुन प्रकारको अस्थिर राजनीतिक स्थिति कायम भएको छ, त्यसका पछाडि पाँचदलीय गठबन्धनका अधिकतर पक्षले अपनाएको त्यही प्रकारको अवसरवादी नीति जिम्मेवार छ । यद्यपि राष्ट्रिय जनमोर्चाले उक्त प्रश्नमा पाँचदलका बिचमा भएको समझदारीलाई इमानदारिता र दृढतापूर्वक कार्यान्वयन गर्ने नीति अपनाएको थियो ।

    २. आम चुनावपछि पनि प्रतिगमन विरुद्धको सङ्घर्षमा अरू जोड दिनुपर्ने आवश्यकता थियो । त्यसका लागि चुनावका बेलामा बनेको पाँचदलीय चुनावी तालमेललाई अरू उच्च स्तरमा अगाडि बढाउनुपर्ने आवश्यकता थियो तर त्यही बिचमा माओवादीका अध्यक्ष प्रचण्ड एमालेसित मिल्न गएको हुनाले प्रतिगमनका विरुद्धको सङ्घर्षमा ठुलो धक्का पुग्यो तैपनि यो खुसीको कुरा हो र त्यसका लागि हामीले प्रचण्डलाई धन्यवाद पनि दिएका छौँ कि उनले आफ्नो गलत नीतिलाई छिट्टै सच्चाएर राष्ट्रपतिको चुनावको सन्दर्भमा गैरएमाले राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाए । सामान्यत: राष्ट्रपतिको पद ‘सेरोमोनियल’ भए पनि अहिले देशको विशिष्ट राजनीतिक सन्दर्भमा राष्ट्रपतिको चुनावले गम्भीर र एक प्रकारले भन्ने हो भने निर्णायात्मक महत्त्व राख्दथ्यो । खास गरेर प्रतिगमन विरुद्ध सङ्घर्षको सन्दर्भमा राष्ट्रपतिको चुनावले विशेष महत्त्व राख्ने कुरा निश्चित थियो । राष्ट्रपतिको लागि उम्मेदवार भएका दुबै व्यक्तिहरू उपयुक्त र योग्य थिए तर ती दुबै उम्मेदवारमध्ये सुभाष नेम्वाङको विजयबाट ओलीको प्रतिगामी राजनीतिलाई मदत पुग्दथ्यो भने रामचन्द्र पौडेलको विजयबाट प्रतिगमनका विरुद्धको सङ्घर्षलाई मदत पुग्दथ्यो । यो कुरा पनि प्रष्ट छ कि चुनावमा एमालेको उम्मेदवारले जित्ने सम्भावना भएको भए उनले नेम्वाङको सट्टा अरू नै कसैलाई उम्मेदवार बनाउने थिए तर त्यो चुनावमा राष्ट्रपतिको पदमा एमालेको उम्मेदवारको हार हुने निश्चित भएको हुनाले उनलाई उम्मेदवार बनाएका थिए । जे होस्, अन्तिममा चुनावमा रामचन्द्र पौडेलको नै जित भयो र हामीले उनलाई बधाइ तथा उनको कार्यकालको सफल कार्यान्वयनको लागि शुभकामना दिन्छौँ ।

    ३. राष्ट्रपतिको चुनावमा प्रतिगमन विरोधी पक्षको जित भएको छ । त्यो महत्त्वपूर्ण सफलता हो । त्यसबाट देशमा कायम भएको लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको लागि मदत पुग्ने कुरा प्रष्ट छ तर त्यो मात्र पर्याप्त छैन । हामीले राष्ट्रियताको रक्षा तथा जनजीविका र दिगो विकासका लागि पनि लामो सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । वर्तमान सरकारद्वारा ती काम सुचारु हुने सम्भावना कमै देखिन्छ । खास गरेर एकातिर, विभिन्न विदेशी साम्राज्यवादी शक्तिहरूको भूमिका र अर्कातिर, देशको प्रशासन यन्त्रमा व्याप्त भ्रष्टाचारका कारणले त्यस प्रकारको सम्भावना कमै छ । जनताको व्यापक सङ्घर्ष र जनदबाबपछि नै ती उद्देश्य पूरा गर्नु सम्भव हुने छ ।

    ४. अहिले देशको राष्ट्रियताको प्रश्न पनि अत्यन्तै गम्भीर बनेको छ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद दुबैको हस्तक्षेपकारी नीतिका कारणले देशको राष्ट्रियतामा झन् झन् आँच पुग्दै गइरहेको छ । भारतीय साम्राज्यवादले नेपालको सीमा अतिक्रमण गर्ने तथा कालापानीसहित भूभाग कब्जा गर्ने नीति पहिलेदेखि अपनाउँदै आएको छ । अमेरिकी साम्राज्यवादले पनि पहिलेदेखि नै नेपालमाथि हस्तक्षेप गर्ने नीति अपनाउँदै आएको छ तर त्यसले त्यस प्रकारको नीति विभिन्न राजनीतिक पार्टीमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा गर्दै आएको थियो । अब त्यसले त्यस प्रकारको हस्तक्षेपको नीति सिधै र नेपालमा आफ्नै राजनीतिक पार्टी बनाएरसमेत कार्यान्वयन गर्न थालेको छ । आफ्नो इन्डो–प्यासिफिक रणनीति पूरा गर्नका लागि त्यसले नेपालको संसद्द्वारा एमसिसी पारित गराइसकेको छ । त्यसको प्रयत्न एसपिपीलाई पनि पारित गराउनुका साथै नेपाललाई पूरै नै अमेरिकी सैन्य क्याम्पमा लैजाने तथा नेपाललाई चीनविरोधी युद्धको अखडामा परिणत गर्ने हुने छ । त्यसका लागि उनीहरूले एकातिर, सरकारमा भएका विभिन्न राजनीतिक पार्टीमाथि दबाब बढाएर र अर्कातिर, अमेरिकाद्वारा नै सञ्चालित कथित स्वतन्त्र पार्टीलाई शक्तिशाली बनाउँदै लगेर त्यो उद्देश्य पूरा गर्ने प्रयत्न गर्ने छन् । त्यो अवस्थामा अमेरिकी साम्राज्यवाद र नेपालका अमेरिकी साम्राज्यवादपरस्त तत्त्वका विरुद्धको सङ्घर्षमा जोड दिनुपर्ने आवश्यकता बढेर गएको छ । त्यस सन्दर्भमा यो उल्लेखनीय छ कि अमेरिका विरोधी त्यो सङ्घर्षमा हाम्रो पार्टी करिब करिब एक्लै छ । अन्य राजनीतिक पक्ष वा सञ्चार माध्यमले समेत नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो भूमिकाप्रति आवाज उठाउन सकिरहेका छैनन् । त्यो अत्यन्त गम्भीर स्थिति हो र त्यो अवस्थामा अमेरिकी साम्राज्यवाद विरोधी सङ्घर्षलाई हामीले अत्यन्त प्रतिकूल अवस्थामा अगाडि बढाउनुपर्ने आवश्यकता हुने छ तैपनि त्यो नेपालको राष्ट्रियतासँग जोडिएको निर्णयात्मक महत्त्वको प्रश्न हो । त्यसकारण त्यसलाई हल्का रूपमा लिनु गम्भीर गल्ती हुने छ र त्यसबाट नेपालको राजनीतिमा दूरगामी दुष्परिणाम हुने छन् ।

    ५. गत कालमा हाम्रो पार्टीले राजनीतिक प्रश्नमा नै बढी जोड दिँदै आउनुपरेको छ । अब हामीले जनजीविकासित सम्बन्धित प्रश्नमा पनि बढी पहलकदमी गर्नुपर्ने आवश्यकता छ । देशमा जनताको आर्थिक अवस्था अत्यन्त बिग्रँदै गइरहेको छ । महङ्गी र भ्रष्टाचार बढ्दै गइरहेको छ । उच्च राजनीतिक स्तरदेखि प्रशासनमा बढ्दै गएको भ्रष्टाचार र नोकरशाही कार्यशैलीका कारणले विकास कार्यक्रम एकदम कुण्ठित हुँदै गइरहेका छन् । कृषिको अवस्था धेरै नै बिग्रिएर गएको छ । श्रमशक्तिको बढ्दो विदेश पलायन तथा कृषिको अनुत्पादक स्वरूपका कारणले जमिनको ठुलो हिस्सा बाँझो हुँदै गइरहेको छ । त्यसको परिणामस्वरूप कृषिमा परनिर्भरता बढ्दै गइरहेको छ र ठुलो पैमानामा कृषिजन्य पदार्थको आयात गर्नु परिरहेको छ । उद्योगधन्दाको विकास पनि पछाडि परिरहेको छ र जे जति विकास भइरहेको छ, त्यसमा पनि मुख्य भूमिका दलाल पुँजीपतिको नै रहेको छ । उक्त कारणले गर्दा व्यापारघाटा तीव्र गतिले बढ्दै गइरहेको छ । त्यो अवस्थामा देशमा छिट्टै आर्थिक दिवालियापन हुने सम्भावना देखा पर्दै गइरहेको छ । त्यस प्रकारको अवस्थामा उक्त प्रश्नमा विभिन्न तहमा जनजागरण र आन्दोलन उठाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । देशमा किसान वर्ग नै देशको बहुसङ्ख्यक मिहेनतकस वर्ग भएको हुनाले हामीले मुख्य जोड किसान सङ्घर्षमा नै दिनुपर्छ । त्यसका साथै अन्य विभिन्न जनवर्गलाई पनि उनीहरूको मागका आधारमा सङ्घर्षलाई अगाडि बढाउन पहल गर्नुपर्दछ । यस प्रकारका सङ्घर्षलाई अगाडि बढाएर नै हामीले पार्टीको अवस्थालाई मजबुत पार्न तथा देशमा जनआन्दोलनलाई पनि व्यापक र शक्तिशाली बनाउन सक्ने छौँ ।

    ६. विगत स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा हामीले केही सफलता अवश्य प्राप्त गरेका छौँ तर त्यो सफलता अत्यन्त सीमित रहेको छ । त्यो स्थितिलाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ । त्यो कमजोरीमाथि ध्यान दिँदै हामीले पार्टी, वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनको पनि प्रथम– जहाँ जे जति सङ्गठन छ, त्यसलाई सुदृढ पार्न र द्वितीय, नयाँ स्थानमा सङ्गठन विस्तार गर्न विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । पार्टी, वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनले समेत त्यसका लागि ठोस योजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ । सबै जिल्ला पार्टी, मोर्चा र जनवर्गीय सङ्गठनले त्यसका लागि बनाएको ठोस योजना पार्टीकेन्द्रमा पठाउनका लागि हामीले अनुरोध गर्दछौँ ।

    ७. हाम्रो पार्टीेले लेनिनको शताब्दी स्मृतिदिवस, हाम्रो पार्टीको हीरक जयन्ती र नेकपा (मसाल) को नवौँ महाधिवेशनसमेतलाई मिलाएर एक वर्षसम्म व्यापक कार्यक्रम सञ्चालन गर्ने निर्णय पहिले नै गरेको थियो । त्यो कार्यक्रम हामीले २०८० वैशाख १८ गतेदेखि २०८१ वैशाख १८ सम्म सम्पन्न गर्ने छौँ । त्यो कार्यक्रमअन्तर्गत २०८० माघ ७ गते लेनिनको शताब्दी स्मृतिदिवस, २०८१ वैशाख १० गते पार्टीको हीरक जयन्ती पर्ने छन् भने त्यही क्रममा पार्टीको नवौँ महाधिवेशन पनि सम्पन्न हुने छ । उक्त कार्यक्रमको सिलसिलामा एक वर्षभरि नै विभिन्न प्रकारका कार्यक्रम निर्धारित गरिने छन् । त्यस प्रकारका कार्यक्रमको विवरण बेग्लै प्रस्तावको रूपमा पारित गरिने छन् । त्यस प्रकारको कार्यक्रमले हाम्रो पार्टीको मात्र होइन, देशको सम्पूर्ण वामपन्थी र प्रजातान्त्रिक आन्दोलनलाई नै धेरै मदत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ ।

    पार्टीको सङ्गठनात्मक अवस्थामा सुधारका लागि चारओटा कुराहरूले निर्णायात्मक महत्त्व राख्दछन् : प्रथम– विश्व दृष्टिकोण, द्वितीय– सैद्धान्तिक र राजनीतिक स्पष्टता, तृतीय– जनवादी केन्द्रीयतामा आधारित अनुशासन र चतुर्थ– बलियो जनाधार । उक्त चारओटै प्रश्नमा हाम्रो पार्टीमा देखा परेका कमजोरीलाई हामीले स्वीकार गर्नुपर्दछ । ती कारणले पार्टीमा केही न केही प्रतिकूल असर परेको कुरा पनि सत्य हो तर त्यसका साथै यो कुरा पनि सत्य हो कि गत कालमा उक्त चारओटै विषयमा भएका कमजोरीमा सुधार गर्न वा उक्त विषयमा पार्टीमा देखा पर्ने गलत सोचाइ वा प्रवृत्तिका विरुद्ध हाम्रो पार्टीले दृढतापूर्वक सैद्धान्तिक र सङ्गठनात्मक सङ्घर्ष गर्दै आएको छ । त्यसले गर्दा हाम्रो पार्टी पूरै सिद्धान्तहीन वा अनुशासनविहीन हुनबाट तथा त्यसको माक्र्सवादी–लेनिनवादी चरित्रको पतन हुनबाट बचेको छ तैपनि सैद्धान्तिक र राजनीतिक तथा सङ्गठनात्मक दृष्टिकोणले त्यो दिशामा अझै पनि धेरै काम गर्नुपर्ने आवश्यकता छ ।

    ८. राष्ट्रपतिको चुनावमा आठ दलको उम्मेदवारको विजय प्रतिगमनलाई ठुलो धक्का हो तैपनि एकातिर, साम्राज्यवादी शक्ति अर्कातिर, राजावादी शक्तिका कारणले हामीले अझै पनि लामो समयसम्म लोकतन्त्र तथा राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि लामो र कडा सङ्घर्ष गरिरहनुपर्ने छ । त्यस सन्दर्भमा राजावादी र साम्राज्यवादी शक्तिका विरुद्धमा सङ्घर्ष ता गर्नु नै पर्ने छ, त्यसका साथै राष्ट्रपतिको चुनावमा एकताबद्ध भएका राजनीतिक शक्तिसित भएका विभिन्न मतभेदका कारणले पनि हामीले उनीहरूसित सङ्घर्ष गरिरहनुपर्ने स्थिति आउन सक्ने छ । प्रतिगमनका विरुद्ध उनीहरूसितको एकतालाई निरन्तरता दिने प्रयत्न गर्दै उनीहरूसित मतभेद भएका विषयमा सङ्घर्षलाई पनि सन्तुलित रूपले अगाडि बढाउने नीति अपनाउनुपर्ने छ । त्यस सन्दर्भमा विभिन्न वामपन्थी शक्तिहरूसितको एकता र सङ्घर्षको नीतिलाई पनि हामीले द्वन्द्वात्मक र सन्तुलित प्रकारले अगाडि बढाउन प्रयत्न गर्नुपर्ने छ । मूल रूपमा उनीहरू सामन्तवाद र साम्राज्यवाद विरोधी शक्ति नै हुन् तर कतिपय राजनीतिक प्रश्नमा उनीहरूमा वैचारिक अस्पष्टता रहेको हुनाले उनीहरूले कैयौँ गम्भीर प्रकारका नीतिगत कमजोरी पनि देखाउने गरेका छन् । सर्वप्रथम ता रणनीतिक र कार्यनीतिक प्रश्नबारे सही र सन्तुलित दृष्टिकोण अपनाउन नसकेको हुनाले नै उनीहरूका तर्फबाट कैयौँ गम्भीर कमजोरी हुने गरेका छन् । त्यसैले उनीहरूले समाजवाद वा नयाँ जनवादलाई तात्कालिक कार्यदिशाको रूपमा प्रस्तुत गरेका छन् । त्यस प्रकारको गलत सोचाइका कारणले अहिले नेपालको विशिष्ट प्रकारको राजनीतिक अवस्थामा अर्थात् देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको, सर्वहारा नेतृत्वका कारणले जो नयाँ जनवादी क्रान्ति बन्न जान्छ, त्यो अवस्थामा नेपालका जनताले करिब एक शताब्दी लामो सङ्घर्ष वा त्याग र बलिदानद्वारा प्राप्त गरेको पुँजीवादी गणतन्त्रको प्रगतिशील चरित्रलाई सही प्रकारले बुझ्न असफल हुन्छन् । त्यसैले उनीहरूले अहिले देशमा विद्यमान गणतन्त्रमाथि हमला गर्न पुग्दछन् र त्यसरी प्रकारान्तरले उनीहरू राजावादीको गणतन्त्रमाथि हमलाको प्रतिगामी राजनीतिको सेवा गर्न पुग्दछन् । त्यसै गरेर उनीहरूले आज राजावादी शक्तिहरूले घोषित रूपले नै संसद्भित्र र बाहिर गणतन्त्र, धर्म निरपेक्षतामाथि खुला रूपले नै हमला बढाउँदै लगेको अवस्थामा पनि देशमा प्रतिगमनको गम्भीर खतरा भएको वास्तविकतालाई अस्वीकार गर्दछन् । त्यसरी उनीहरूले प्रतिगमनका विरुद्धको सङ्घर्षलाई कमजोर पार्ने नीति अपनाउन पुग्दछन् । कतिपय पक्षले नेपालमा अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्ति भएको कुरा स्वीकार गर्दागर्दै पनि सामन्तवादसितको अन्तरविरोधलाई गौण वा नगण्य भएको बताउन पुग्दछन् । त्यो प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सामन्तवादको नै सेवा हो ।

    ९. कतिपय वामपन्थी शक्तिले आपसमा पार्टी एकीकरणका लागि प्रयत्न गर्न थालेका छन् तर त्यो सिद्धान्तहीन प्रकारको एकता नै हुने छ किनभने उनीहरूमध्ये कतिपय पक्षले नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको भएको ठान्दछन् भने कतिपय पक्षले समाजवादी क्रान्ति ठान्दछन् । नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको वा समाजवादी क्रान्तिको ? त्यो आधारभूत रूपले नै बेग्लाबेग्लै सैद्धान्तिक विश्लेषणद्वारा टुङ्गिने कुरा हो । ती दुबैलाई एकै ठाउँमा मिलाएर पार्टीएकताको कुरा गर्नु गम्भीर प्रकारको सिद्धान्तहीन र अवसरवादी कार्य नै हो । यो कुरा हामीले हेर्न बाँकी नै छ । उनीहरूले त्यस प्रकारको सिद्धान्तहीन र अवसरवादी एकतालाई कसरी व्यावहारिक रूप दिन्छन् ? त्यो कुरा जे भए पनि उनीहरूको पार्टीएकताको आधार प्रतिगमन दिशाउन्मुख राजनीति नै हुने छ किनभने उनीहरूले नयाँ जनवादी वा समाजवादी ‘क्रान्तिकारिता’ को कुरा गरेर विद्यमान गणतन्त्रको विरोध गर्दछन् । त्यो ‘वामपन्थी’ सङ्कीर्णतावादी सोचाइ हो । त्यस प्रकारको एकताको सन्दर्भमा हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्त्वको एकता पनि अत्यन्त तल्लो स्तरको सिद्धान्तहीन र अवसरवादी प्रयास नै हुने छ । हाम्रो पार्टीबाट फुटेर गएपछि कतै न कतै कुनै आश्रय खोज्नु उनीहरूको बाध्यता हो । प्रथम– त्यो एकता हुन्छ भने उनीहरूले सङ्घीयताको विरोधको नीतिलाई त्याग्नुपर्ने छ, जस्तो कि हाम्रो पार्टीमा छँदासम्म सङ्घीयताको घोर विरोध गर्ने कतिपय तत्त्वले अन्य पक्षमा विलय भएपछि पहिलेको सङ्घीयतासम्बन्धी अवधारणालाई त्याग्ने गरेका छन् । द्वितीय– मसाल नामसित पार्टीको गौरवपूर्ण इतिहास जोडिएको हुनाले पार्टीबाट पहिले फुटेर जाने सबै पक्षले आफ्नो समूहको नामसित ‘मसाल’ जोड्ने गरेका थिए । हाम्रो पार्टीबाट अलग भएका अहिलेका फुटपरस्त तत्त्वले पनि अन्य पक्षमा विलय हुँदा “मशाल” लाई पनि त्याग्ने छन् । तृतीय– यो कुरा स्पष्ट छ कि पार्टीबाट अहिले फुटेर जाने तत्त्व अत्यन्त सिद्धान्तहीन, अवसरवादी र थोरै पनि कम्युनिस्ट नैतिकता नभएका तत्त्व हुन् । पार्टीबाट पहिले फुटेर गएका सबै पक्षले आफू एउटै पार्टीमा हुँदासम्मको पार्टीको गोपनीयता भङ्ग गर्ने जस्तो कुनै कार्य गरेका थिएनन् । पछिल्लोपल्ट हाम्रो पार्टीबाट फुटेर जाने तत्त्वले पार्टीको गोपनीयताबारे नाङ्गो रूपले दुस्मनका अगाडि पनि सार्वजनिक गर्ने काम गरेका छन् । त्यस प्रकारका अविश्सनीय तत्त्वलाई नयाँ बन्ने ‘पार्टी’ मा कुन प्रकारको ‘सम्मान’ प्राप्त हुने छ ? त्यो कुरा आउने दिनमा नै थाह हुँदै जाने छ ।

    १०. हाम्रो यो अडान रहँदै आएको छ कि द्वन्द्वकालमा दुई परस्पर विरोधी पक्षका बिचमा भिडन्त भएर मृत्यु वा घाइते भएका व्यक्तिबाहेक त्यो द्वन्द्वकालमा निर्दोष जनतामाथि गरिएका मानव अधिकारको हनन् वा अपराधजन्य कुनै पनि कार्यका लागि जिम्मेवार दुबै पक्षमध्ये कुनै पनि पक्षसित सम्बन्धित व्यक्तिमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन गरेर अपराधअनुसार दण्डसजाय गरिनुपर्दछ । त्यस सम्बन्धमा हाम्रो यो पनि सोचाइ छ कि त्यस प्रकारका कार्यका लागि जिम्मेवार व्यक्तिलाई उन्मुक्ति दिने प्रकारका कुनै पनि कानुन वा कारबाहीलाई हामीले गलत मान्दछौँ । त्यस सन्दर्भमा हाम्रो यो पनि स्पष्ट मत रहेको छ कि त्यस प्रकारका अपराधजन्य कार्यका लागि बिनाकुनै भेदभाव बिनाकुनै पूर्वाग्रह दुबै पक्षका जिम्मेवार व्यक्तिमाथि कारबाही गरिनुपर्दछ । कुनै एउटा पक्ष वा व्यक्तिमाथि मात्र बदलाको भावले गरिने कारबाहीलाई हामीले गलत मान्दछौँ ।

    ११. आगामी वैशाखमा चितवनमा हुन थालिरहेको उपचुनावलाई हाम्रो पार्टीले गम्भीर रूपमा लिएको छ । त्यो चुनावलाई सामान्य उपचुनावको रूपमा मात्र लिनु सही हुने छैन । त्यो चुनावलाई हाम्रो पार्टीले अमेरिकी साम्राज्यवादको देशमा बढ्दै गइरहेको हस्तक्षेपकारी नीति वा स्पष्ट शब्दमा भन्ने हो भने अमेरिकाको नेपाललाई इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने दीर्घकालीन योजनाका विरुद्ध सङ्घर्षको रूपमा लिन्छौँ र लिनु पनि पर्दछ । अमेरिकाले अब—जस्तो कि त्यसले संसारका अन्य कैयौँ देशमा पनि गर्ने गरेको छ—नेपालमा आफ्नै निर्देशनमा चल्ने राजनीतिक पार्टी गठन गरेर नेपालको राजनीति, सरकार वा नीतिनिर्माणसम्बन्धी कार्यलाई पनि प्रत्यक्ष रूपले आफ्नै निर्देशनमा सञ्चालन गर्न चाहन्छ । त्यही रणनीतिअन्तर्गत त्यसले नेपालमा कथित स्वतन्त्र पार्टीको गठन गरेको छ । त्यस प्रकारको पार्टीको गठन नेपालको राष्ट्रियता, सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितसमेतको लागि गम्भीर खतरा हो र नेपालको राजनीतिमा त्यसका दीर्घकालीन दुष्परिणाम हुने छन् । त्यसैले हाम्रो पार्टीले अमेरिकाको त्यस प्रकारको साम्राज्यवादी रणनीतिका विरुद्ध व्यापक रूपले भण्डाफोर र आन्दोलन गर्नुपर्ने राष्ट्रिय आवश्यकता भएको कुरा स्पष्ट गर्न चाहन्छ । हामीलाई विश्वास छ कि त्यसरी नै हामीले अमेरिकाको अवाञ्छित प्रकारको भूमिकालाई रोक्न सक्ने छौँ र रोक्नु पनि पर्दछ । त्यही राष्ट्रिय आवश्यकतामाथि ध्यान दिँदै हाम्रो पार्टीले चितवनको उपनिर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ ।

    १२. प्रतिगमन अहिले देशको गम्भीर राजनीतिक खतरा बनेको छ । नेपालमा प्रतिगमन विरुद्ध लामो र गौरवपूर्ण सङ्घर्षको पृष्ठभूमि रहेको छ । त्यस प्रकारको सङ्घर्षको क्रममा प्रतिगमन बारम्बार पराजित हुने र ऐतिहासिक उपलब्धि प्राप्त हुने गरेका छन् । त्यही क्रममा नै राजतन्त्रको अन्त भएको छ र देशमा गणतन्त्र र धर्म निरपेक्षताको स्थापना भएको छ तर त्यस प्रकारका उपलब्धि प्राप्त भएको बेलादेखि नै राजावादीले गणतन्त्र र धर्म निरपेक्षता समाप्त गर्नको लागि अभियान चलाउँदै आएका छन् । एकातिर, ओलीले नेतृत्व गरेको एमालेसितको उनीहरूको साँठगाँठ, अर्कातिर, भारतका कट्टरवादी हिन्दु शासक वर्गको समर्थनका कारणले अहिले उनीहरूलाई थप बल प्राप्त भएको छ । त्यही कारणले नै गत मङ्सिरमा भएको चुनावमा उनीहरूको शक्तिमा केही वृद्धि पनि भएको छ । चुनावपछि उनीहरूले संसद्भित्र र बाहिर पनि गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध उग्र प्रकारका गतिविधि बढाएर लगेका छन् । त्यस सिलसिलामा त्यस प्रकारका प्रतिगामी गतिविधिमा पूर्व राजा पनि सहभागी भएका घटना बाहिर आएका छन् । त्यस सन्दर्भमा झापाको प्रतिगामी गतिविधिमा राजाको पनि संलग्नता भएको उदाहरण विशेष रूपले उल्लेखनीय छ । त्यस प्रकारको प्रतिगामी खतरालाई हल्का रूपमा लिनु गम्भीर प्रकारको गल्ती हुने छ । त्यस प्रकारको प्रतिगामी खतराका विरुद्ध सही विचार राख्ने शक्तिसित एकताबद्ध भएर त्यो खतराका विरुद्ध सङ्घर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।

    १३. प्रतिगमनका विरुद्ध सङ्घर्षको क्रममा जुन गठबन्धन वा सहकार्य हुन गइरहेको छ, त्यसको राष्ट्रिय महत्त्व हुनुका साथै त्यसमा कतिपय नीतिगत वा व्यावहारिक जटिलता भएको कुराप्रति पनि हाम्रो ध्यान छ । पहिले भएको पाँचदलीय गठबन्धनको सन्दर्भमा हामीले उनीहरूसित कैयौँ गम्भीर प्रकारका मतभेद अगाडि बढाउनु परेको थियो† जस्तै कि एमसिसी र नागरिकता विधेयकबारे । चुनावमा भएको सहमतिको उल्लङ्घन र साझा उम्मेदवारका विरुद्ध कतिपय अन्तर्घातका कारणले उनीहरूसितको सहकार्यलाई कमजोर पार्ने काम गर्‍यो तर त्यस प्रकारका प्रवृत्तिको आवश्यकताअनुसार आलोचना गर्दै हाम्रो सधैँ प्रतिगमन विरुद्धको एकतालाई कायम राख्ने जोड दिनेतर्फ नै रह्यो । त्यसरी हामीले विरोध र एकतालाई सन्तुलित प्रकारले अगाडि बढाउने प्रयत्न गर्दै आएका छौँ । त्यसो गर्नुपछाडिको हाम्रो अभिप्राय प्रतिगमनबाट सम्भावित अवाञ्छित दुष्परिणामलाई रोक्नु नै थियो र अहिले पनि छ । अहिले पनि पारस्पारिक सहमतिका कतिपय पक्षद्वारा अतिक्रमण हुने, हाम्राबिचमा कतिपय प्रश्नमा मतभेद हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न तैपनि हामीले नीतिगत प्रश्नमा आफ्नो अडान कायम राख्दै प्रतिगमन विरुद्धको एकतालाई कायम राख्ने नै हाम्रो प्रयत्न हुने छ । हाम्रो सधैँ यो प्रयत्न हुने छ कि हाम्राबिचको फुटले प्रतिगमनलाई मदत नपुगोस् र त्यसबाट देशमा कुनै अनिष्ट परिणाम नहोउन् ।

    १४. हाम्रो पार्टीले लेनिनको शताब्दी स्मृतिदिवस, हाम्रो पार्टीको हीरक जयन्ती र हाम्रो पार्टीको नवौँ महाधिवेशनसमेतलाई मिलाएर २०८० वैशाख १८ गतेदेखि २०८१ वैशाख १८ गतेसम्म अर्थात् २०२३ को मे दिवसदेखि २०२४ को मेदिवससम्म वार्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यो कार्यक्रमलाई समष्टि रूपमा तीन ऐतिहासिक अभियान भनिने छ । लेनिनको स्मृतिदिवसलाई आइसिओआरले पनि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको छ । हामीले त्यो कार्यक्रमका साथै हाम्रा त्यससम्बन्धी कार्यक्रमलाई पनि अगाडि बढाउने प्रयत्न गर्ने छौँ । त्यही प्रकारले पार्टीको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशनको कार्यक्रमलाई पनि विभिन्न कार्यक्रमका साथ सम्पन्न गर्ने प्रयत्न गरिने छ । त्यससम्बन्धी ठोस कार्यक्रम बेग्लै प्रकाशित गरिने छ ।

    १५. हाम्रो पार्टीको आठौँ महाधिवेशनले राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दु धर्मलाई प्रयोग गर्ने प्रयत्न गरे जस्तै साम्राज्यवादी शक्तिहरूले नेपालमा आफ्नो प्रभाव विस्तार गर्न इसाई धर्मलाई प्रयोग गरिरहेको प्रयत्नका विरुद्ध जनजागरण बढाउनुपर्ने आवश्यकतामा जोड दिएको थियो । कथित स्वतन्त्र पार्टीको चुनावका सन्दर्भमा यो कुरा स्पष्ट भएर गयो कि नेपालमा इसाई धर्म एउटा धार्मिक सम्प्रदाय मात्र नभएर साम्राज्यवादीले त्यसद्वारा आफ्ना साम्राज्यवादी राजनीतिक उद्देश्य पूरा गर्न पनि प्रयत्न गरिरहेका छन् । हामीले धार्मिक आस्थाका कारणले इसाई धर्मलाई अपनाउने कार्यलाई धार्मिक स्वतन्त्रताअन्तर्गतको विषय मान्दछौँ । त्यस अर्थमा हामीले त्यसको विरोध गर्दैनौँ तर त्यसलाई साम्राज्यवादी उद्देश्यको पूर्तिको उपयोग गर्ने कार्यको कडा शब्दमा विरोध गर्दछौँ ।

    १६. धर्म निरपेक्षताका कारणले नै नेपालमा इसाई धर्मको प्रचार प्रसार बढेको भन्ने सोचाइलाई हामीले दृढतापूर्वक अस्वीकार गर्दछौँ । धर्म निरपेक्षताको सिद्धान्तको विकास चर्च र पोपका विरुद्धको सङ्घर्षका क्रममा नै भएको हो । त्यसैले धर्म निरपेक्षताले इसाई धर्मलाई प्रोत्साहित गर्दछ भन्ने सोचाइलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । धर्म निरपेक्षताको अर्थ राज्यलाई धर्मबाट अलग गर्नु र सबै धर्मलाई समान प्रकारले संरक्षण गर्नु नै हो । अहिले नेपालका राजावादीले हिन्दु धर्मको आडमा राजतन्त्रको पुनस्र्थापना गर्न नै धर्म निरपेक्षताको विरोध गरिरहेका छन् । उनीहरूको धर्म निरपेक्षता विरोधको उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउन र त्यसरी राजतन्त्रको पुनस्र्थापनाका लागि मार्गप्रशस्त गर्नु नै हो । त्यसरी इसाई धर्मको हौवा खडा गरेर धर्म निरपेक्षताको विरोध गर्ने राजावादीको नीतिको प्रकृति प्रतिगामी भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    १७. सङ्घीयता देशको लागि अफाप भएको कुरा झन् झन् स्पष्ट हुँदै गइरहेको छ । कतिपय सङ्घीयताका पक्षपातीले पनि त्यो वास्तविकतालाई महसुस गर्न थालेको पाइन्छ । अर्कातिर, सङ्घीयताका विरुद्ध बढेर गएको जनमत वा असन्तोषलाई आफ्ना प्रतिगामी उद्देश्यको पक्षमा उपयोग गर्नका लागि राजावादी वा अमेरिकन साम्राज्यवाद पक्षधर तत्त्वले पनि सङ्घीयताको विरुद्ध आवाज उठाउन थालेको पाइन्छ । उनीहरूका त्यस प्रकारका प्रतिगामी उद्देश्यको विरोध गर्दै सङ्घीयताका विरुद्ध देशव्यापी रूपमा र लगातार आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.