बागलुङ । अन्तर्रास्ट्रिय नेपाली एकता समाजका सदस्य अमर छन्त्यालकी आमा जोखी छन्त्यालप्रति राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरसमितिले श्रद्धाञ्जली अर्पण गरेको छ । ढोरपाटन–४ कै सोतेधारा भन्ने स्थामा शोक सभाको आयोजना गरी राजमोले ८८ वर्षीया छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।
शोक सभामा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवरले मृतक जोखी छन्त्यालले विश्वव्यापी कोरोना महामारीको समयमा ढोरपाटन ४ को उपस्वास्थ्यचौकीमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको स्मरण गर्नुभयो ।
साथै आर्थिक अबस्था कमजोर भएका मानिसका लागि तथा क्यान्सर रोगी र चोटपटक लागेका बिरामीहरुका लागि समेत आर्थिक सहयोग गरेको बताउनुभयो । यस सँगसँगै पार्टीलाई समेत सहयोग गर्ने गरेको उल्लेख गर्नुभयो ।
शोक सभामा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर सदस्यहरु हिरा बहादुर खत्री, नारायण घर्ती, भेक बहादुर खत्री, राष्ट्रिय जनमोर्चा ढोरपाटन ४ वडा समिति अध्यक्ष तथा नगर सदस्य खड्क बहादुर कुँवर, जातीय समता समाज केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नरबहादुर सुनार, अखिल नेपाल महिला संघ जिल्ला सदस्य पबित्रा कुमारी छन्त्याल, रक्तिम साँस्कृतिक अभियान जिल्ला सचिव कुल बहादुर छन्त्याल, घरपरिवार, आफन्त, इष्टमित्रहरू, छरछिमेक लगायत सबैले मृतकको फोटोमा फूल चढाएर शोक व्यक्त गर्नुभएको थियो ।
राजमो ढोरपाटन नगर सचिव तुल्सीराम खरेलले सञ्चालन गर्नुभएको शोकसभामा एक मिनेट मौनधारण गरिएको थियो ।