बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिको आयोजनामा राजमो नगर सदस्य तुलवीर श्रीसका पिता स्मृतिशेष जबरबहादुर श्रीसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
स्मृतिशेष जब्बर श्रीसको ८३ वर्षको उमेरमा निधन भएपछि एघारौँ दिन २०७९ चैत ४ गते शनिबार बागलुङ नगरपालिका वडा नं. १ मा सो कार्यक्रम सम्पन्न भएको हो ।
शोकसभामा प्रमुख अथिति राजमो बागलुङका जिल्ला सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले शोकमन्तव्य राख्नुभएको थियो र
कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटालगायतको उपस्थिति रहेको थियो ।
राजमो जिल्ला सदस्य तथा नगर अध्यक्ष थानेश्वर सुवेदीको सञ्चालनमा अघि बढेको शोकसभाको अध्यक्षता स्मृतिशेष जबरबहादुर श्रीसको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
स्मृतिशेष जबरबहादुर श्रीसको गत फागुन फागुन २४ गते निधन भएको थियो ।