काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार विहान १० बजेदेखि मतदान सुरु भएको हो ।
Advertisement
संघ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।
निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ ।
मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।